ताजा अपडेट »

शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या

मंगलबार, १२ मंसिर २०८०, १३ : १२
102 Shares
मंगलबार, १२ मंसिर २०८०
102 Shares

गुल्मी । गुल्मीको शान्तिपुरमा १५ वर्षीया किशोरीलाई अभियुक्तले घाँटी थिचेर अचेत पारेपछि बालात्कार गरी हत्या गरेको रहस्य खुलेको छ । हत्या गरी रातिको समयमा हुग्दिखोलमा लगी फालेको जिल्ला सरकारी वकिलको कार्यालय गुल्मीले जनाएको छ ।

गत कार्तिक १६ गते धान झाट्ने खलोबाट खोला पारी रहेको श्रृलंकाटोलमा सुर्ति किन्न पठाइएकी १५ वर्षीया मनिषा रुचाल खोलामा नग्न अवस्थामा मृत फेला परेकी थिइन् । पसलबाट खेततर्फ फर्किँदै गरेकी मनिषालाई अभियुक्तले ‘मेरो ग्यास बिग्रियो आउँ त सहयोग गर’ भनेर नजिकै रहेको मस्जिदमा बोलाएका थिए । मस्जिदका प्रशिक्षक रहिम खाँले फकाएर बोलाएको र भित्र पसेपछि ती किशोरीले रेगुलेटर खोल्ने बेलामा जबरजस्ती करणी गर्न सुरु गरेका थिए । सोही क्रममा ती किशोरीले प्रतिकार गर्दा आफू पनि घाइते बनेको अभियुक्तले बयान दिएका छन् । रहिमले किशोरीको घाँटी थिचेर अचेत बनेपछि बलात्कार गरेका थिए । बलात्कारपछि हत्या गरेको रहिमले बयानका क्रममा स्वीकार गरेका छन् ।

जिल्ला न्याधिवक्ता खिमानन्द गौतमका अनुसार विहान करिब ११ बजेको समयमा बलात्कार र हत्यापछि राति ९ बजे लतार्दै खोलामा लगेर अभियुक्तले शव फालेका थिए । जिल्ला प्रहरी प्रमुख नविन किशोर प्रधानले भौतिक सबुत र वैज्ञानिक अनुसधान प्रविधिको प्रयोगबाट यो घटनाका अभियुक्त खालाई चौबिस घण्टा नबित्दै पक्राउ गरि अदालतमा पेश गरिएको बताए ।

जिल्ला अदालतका श्रेष्तेदार सुर्दशन खनालका अनुसार जिल्ला न्यायधिश बसन्तराज पौडेलको इजलासले कार्तिक ११ गते थुनछेक बहसपछि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि प्रतिवादीलाई जबरजस्ती करणी गरी ज्यान मारेको भन्ने समेतको जिल्ला न्याधिवक्तबाट अभियोजन भई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ समेतको आजिवन काराबासको माग दाबी लिई मुद्दा दायर गरिएको छ ।

स्मरण रहोस्, मुलुकी अपराधसंहिता २०७४ दफा ४१ बमोजिमको कसुर ठहर भएमा आजिवन कैद बस्नु पर्ने कानुनी व्यवस्था रहेको छ । यसलाई नेपालको कानुनले जघन्य अपराधको रुपमा परिभाषित गरेको छ । २३ वर्षीय यौन पिपासु खाँको घर बाँकेको खजुरा गाउँपालिका(३ मा हो । उनी घटनाको पाँच महिना अघि मात्र शान्तिपुरमा मदरासा गुरसने मदिनामा प्रशिक्षकका रुपमा आएका थिए । यौन पिपासुको शिकार भएर कलकलाइदो उमेर ज्यान गुमाएकि मनिषा शन्तिपुरको उदय माविमा कक्षा ९ मा पढ्दै थिईन । धेरै पढेर निमेक मजदुरि गरेर पढाएकि आमालाई खुशि र सूखी बनाउने सपना बोकेकि मनिषाको सपन एउटा निर्दयी यौन पिपासुले चुडेको प्रति चन्द्रकोटबासि अहिले सम्म शोकमा छ्न । यस घटनाको अनुसन्धानमा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्री , उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी , सबै वडाध्यक्ष सहितका जनप्रतिनिधिका अलवा जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्री सहितका स्थानीयले प्रहरीलाई निकै सघाएका थिए । त्यस्तै प्रहरीलाई दवाव स्वरुप चन्द्रकोटबसिले गरेको आन्दोलनलाई हिसात्मक हुन बाट जोगाउन चन्द्रकोट दलित उत्थान समाजका अगुवाहरुले पनि सकारात्मक भुमिका खेलेका थिए । मनिषाको बाबुको घर बाग्लुङ्ग हो । अभियुक्त नसमातिए सम्म बाग्लुङबासिले ठुलो साथ दिएका थिए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार