ताजा अपडेट »

इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’

मंगलबार, १२ मंसिर २०८०, १२ : ०२
202 Shares
मंगलबार, १२ मंसिर २०८०
202 Shares

काठमाडौं । इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भएको छ । जसले नवजात शिशुसहित बिरामी उच्च जोखिममा परेका छन् । 

गाजाको कमल अड्वान अस्पतालको बाल चिकित्सा सघन हेरचाह विभागका प्रमुख डा. होसम अबू सफियाले समयपूर्व जन्मिएका बच्चाहरू सहित बिरामीहरूको उपचार गर्न जारी रहेको चिकित्सा सुविधाको लागि तत्काल इन्धनको आपूर्ति गर्न अपील गरेकी छन्।

‘उत्तरी गाजामा यो एक मात्र अस्पताल हो जसले अझै बिरामीहरू प्राप्त गरिरहेको छ,’ सफायाले भनिन्, ‘अस्पताललाई घन्टौंभित्र इन्धन उपलब्ध गराइएन भने विभागले हाम्रो हेरचाहमा रहेका समयपूर्व जन्मिएका शिशुहरू समेत गुमाउने जोखिममा छ ।’ युद्धविरामको बाबजुद इजरायली सेनाले उत्तरी गाजामा इन्धनको आपूर्तिमा प्रतिबन्ध लगाएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।