ताजा अपडेट »

गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप

सोमबार, ११ मंसिर २०८०, १६ : ०१
52 Shares
सोमबार, ११ मंसिर २०८०
52 Shares

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले गौशालामा बिरोध प्रदर्शन गरेको छ । 

धर्मगुरु श्रीनिवास आचार्यको अगुवाईमा गौशालाको मुल सडक कब्जा गर्दै प्रदर्शन गरेका थिए । तर, सडक अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेपछि प्रहरी र प्रसाईं समर्थकबीच झडपको स्थिति सिर्जना भएको छ ।

प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । आन्दोलनकारी तितरबितर भएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।