ताजा अपडेट »

नमस्ते एकेडेमीमा विज्ञान प्रर्दशनी

सोमबार, ११ मंसिर २०८०, १४ : २२
38 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित नमस्ते एकेडेमीमा विज्ञान प्रर्दशन सम्पन्न भएको छ । विज्ञानको शैक्षिक सामाग्री उत्पादक कारखानाको सहयोगमा सोमबार कक्षा ६, ७ र ८ का विद्यार्थीले कक्षा कोठामा नै ल्याबको रुपमा प्रयोग गरेका कार्यको प्रर्दशनी गरिएको हो ।

कार्यक्रममा विद्यार्थीले व्यक्तिगत र समूहगत रुपमा निर्माण गरेका विज्ञान सामग्रीको प्रर्दशन र सोको विषयमा प्रर्दशनमा सहभागि अभिभावक र विद्यार्थीलाई जानकारी गराइएको थियो । हरेक विषयलाई यसै गरी सिर्जनात्मक र व्यवहारिक रुपले पठनपाठन गर्दै आएको यो विद्यायल नेपालकै नमुना व्यवहारिक र प्रोगोसिभ विद्यालय भएको निर्देशक डिल्लीनारायण पाण्डेले बताए ।

यस्ता प्रर्दशनीले विद्यार्थीमा सिर्जनशीलता, व्यवहारिकता र सकारात्मक मनोविज्ञानको विकास हुने अभिभावक यज्ञ गैरेले बताए । कार्यक्रममा कारखानका प्रतिनिधि कुशल पौडेलले यसको उत्पादका बारेमा जानकारी गराएका थिए । अबको युग विज्ञान र प्रविधिको युग भएकाले बोलेर नभई व्यवहारमा नै नमस्ते एकेडेमिले गरेको र यो यस क्षेत्रका लागि अनुकरणीय रहेको अभिभावक श्याम खरेलले बताए । यस्तै प्रचार्य जिग्मे शेर्पाले पाठ्यपुस्तकमा शैद्धान्तीक रुपमा सिकेका कुरालाई एकीकृत रुपमा प्रयोगात्मक रुपमा अगाडी बढाइएको बताए ।

विद्यार्थीको दैनिक पाठ योजनालाई प्रयोगात्मक रुपमा कक्षामै कार्यान्वयन गर्दा पठन–पाठन प्रभावकारी हुने प्रचार्य शेर्पाले बताए । कार्यक्रम सहप्राचार्य लीलामणि पाण्डेयको संचालन र संयोजक विजय कार्कीको संयोजकमा कार्यक्रम सम्पन्न भएको संस्थापक प्राचार्य राजेन्द्र कुँबरले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।