ताजा अपडेट »

प्यालेस्टिनी विद्यार्थीलाई गोली हानेको जानकारी दिनेलाई १० हजार डलर दिइने

सोमबार, ११ मंसिर २०८०, १२ : ११
38 Shares

काठमाडौ । अमेरिकाको एक विश्वविद्यालयमा तीन प्यालेस्टिनी विद्यार्थीलाई गोली हानेको व्यक्तिको जानकारी दिनेलाई १० हजार अमेरिकी डलर पुरस्कार दिइनेछ।

यो पुरस्कार मुस्लिम नागरिक अधिकारका लागि काम गर्ने अमेरिकी समूहले घोषणा गरेको हो ।

अमेरिकी-इस्लामिक सम्बन्ध काउन्सिल (सीएआईआर) ले प्रशासनलाई यो गोलीबारीको सम्भावित 'पूर्वाग्रहको कारण' छानबिन गर्न अपील गरेको छ। यो समूहको दाबी छ कि 'मुस्लिम विरोधी र प्यालेस्टाइन विरोधी घृणामा अभूतपूर्व वृद्धि भएको छ।'

बर्लिङ्गटन पुलिसका अनुसार हिशाम अवर्तानी, तहसिन अहमद र किनान अब्देलहामिदलाई भर्मन्ट विश्वविद्यालयको क्याम्पस नजिकै एक व्यक्तिले गोली हानेको थियो जब उनीहरू आफ्नो परिवारसँग डिनर गरिरहेका थिए।

आक्रमणको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् तर आक्रमण गर्दा उनले काफिया (परम्परागत स्कार्फ) लगाएका थिए र अरबी भाषा बोलिरहेका थिए।

बर्लिङ्गटनका प्रहरी प्रमुख जोन मूरले दुई जनाको अवस्था स्थिर रहेको र तेस्रो गम्भीर घाइते भएको बताएका छन् ।

प्रहरी अभियुक्तको खोजीमा व्यस्त छ । -बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।