ताजा अपडेट »

झापामा छोराले आफ्नै बुबाको गरे हत्या

सोमबार, ११ मंसिर २०८०, १० : ५६
72 Shares
सोमबार, ११ मंसिर २०८०
72 Shares

झापा । झापामा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । कमल गाउँपालिका-४ निवासी भोलाकुमार तामाङलाई उनकै छोरा आशीष तामाङले कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

हत्याको कारण नखुले पनि घरायसी विवादपछि घटना घटेको हुन सक्ने प्रहरीको अनुमान छ । बुबाको हत्यापछि फरार रहेका आशीषलाई प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले कमल ४ दूध डेरी भन्ने स्थानबाट पक्राउ गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।