ताजा अपडेट »

किभपछि मस्कोमा ड्रोन आक्रमण, धेरै ड्रोनलाई नष्ट गरेको दाबी

आइतबार, १० मंसिर २०८०, १३ : ४२
38 Shares

 काठमाडौँ । रुसको रक्षा मन्त्रालयले आफ्नो सेनाले गए राति युक्रेनले प्रहार गरेका धेरै ड्रोनलाई नष्ट गरेको जनाएको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले यी ड्रोनलाई मस्को, ब्रायनस्क, तुला र कालुगा क्षेत्रमा खसालेको बताएका छन्। यी क्षेत्रहरू राजधानी मस्कोको दक्षिणमा अवस्थित छन्।

मेयरका अनुसार यी ड्रोन आक्रमणमा कुनै हताहत नभएको र कतै पनि ठूलो क्षतिको खबर आएको छैन । रुसी सञ्चारमाध्यमका अनुसार मस्कोका दुई वा सोभन्दा बढी मुख्य विमानस्थलमा केही घण्टा उडान अवरुद्ध भएको थियो।

यसअघि युक्रेनले देशका धेरै पूर्वी र मध्य क्षेत्रमा हवाई अलर्ट जारी गरेको थियो। रुसबाट ड्रोन आक्रमणको खतरालाई मध्यनजर गर्दै राजधानी कीभमा पनि हवाई सतर्कता लागू गरिएको थियो । तर, यो चेतावनी केही घण्टामै हटाइयो। शुक्रबार राति युक्रेनको राजधानी किभमा रुसले गरेको आक्रमणपछिको सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको हो । यद्यपि युक्रेनले अधिकांश ड्रोन खसालेको दाबी गरेको छ ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।