ताजा अपडेट »

कुनै खालको राजा मानिदैनः चन्द्र भण्डारी

आइतबार, १० मंसिर २०८०, १० : ३५
62 Shares
आइतबार, १० मंसिर २०८०
62 Shares

गुल्मी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्वर १ का सांसद चन्द्र भण्डारीले मुलृुकमा कुनै पनि खाले राजा नमान्ने उद्घोष गरेका छन । शनिवार नेपाली कांग्रेस गुल्मीको दोश्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै नेता भण्डारीले सो कुरा बताएका हुन् । ‘‘म पनि राजावादी हुँ ’ मुखबाट यस्तो के खुस्कीएको थियो , पत्रकारहरुकोे क्यामरा तफै फर्किदै नेता भण्डारीले भने मिडियाले हेडलाईन त्यसलाई मात्र नलिनु होला नि ।’

उनको त्यो भनाईले दर्शक दिर्घसम्म हाँसो गुञ्जिएको थियो। लगत्तै उनले सच्चाउँदै भने तर म राजावादी थिए । किन थिए? बिहानभरी सप्ताहमा पनि पुराणमा पनि रामायणमा पनि राजा । गर्दा खेरी राजा राजा पढिदैन्थ्यो ? राजा भन्दा राम भनेर पढिदैन ? दानिविर हरिशचन्द्र भनिन्न ? राम पढिन्छ । तर राजा राम बनेर दुनियाको हित गरेनन,, । त्यसैले चाहे पहिलाका राजा हुन , चाहे अहिले पार्टीबाट बन्न चाहेका राजा हुन , कुनै पनि राजालाई मानिदैन’–उनले भने ।

उनले सनातन वैदिक धर्म सांस्कृति संरक्षणमा जोड दिए । गत फागुन ३ गते सिलिण्डर पड्केर आफु जलेर गम्भीर घाईते भएको र आमाको ज्यान गएको घटनाको स्मरण गर्दै नेता भण्डारीले भने –‘म त्यस दिन नेपाल र नेपालीको बारेमा पन्द्र बिस मिनेट जति बोलेर फर्केको थिएँ । यस्तो घटना घट्यो । निकै रेख पायो सिलिण्डरले । आगो खायो सिलिण्डरले सिलिण्डरको ग्याँस छँदैछ । रेगुलेटर केहि भएको छैन तर । असान्धार्भिक तरिकाले अरु कोठाको सिसा फुटेका छन । मैले ढोका खोल्न खोज्छु , तर ढोका खुल्दैन ।’ त्यस घटना देखि त्यस घरमा आफु नगएको बताउने भण्डारीले घटना खास कसरी भयो भन्ने बारे खुलाएनन् ।

उनले आफ्ना पार्टी सभापति सहितका नेता कार्यकर्ताको मात्रै होईन, त्यस घटनामा सहानुभुपित देखाउने र उपचारका लागि यथासिघ्र पठाउन भुमिका खेल्ने पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति र महामन्त्रीहरु , एमाले अध्यक्ष केपी शर्मा ओली र अहिलेका प्रधानमन्त्री प्रचण्डसहित सबै दलका नेताहरु प्रति कृतज्ञता जाहेर गरे । उनले नेताहरुको विदेशमा गरिने उपचारको खर्च सरकारले नब्यहोर्ने पार्टीको नीति अनुसार महामन्त्री गगन थापाले जुटाई दिएको र सरकारी खर्च नगरेको बताउँदै नेता थापालाई धन्यवाद दिएका थिए ।

महामन्त्री थापा प्रमुख अतिथी रहेको कार्यक्रममा अर्का केन्द्रिय सदस्यद्धय नैनसिंह महर, चन्द्र केसी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायतले पनि मन्तब्य राखेका थिए । आज आईतबार दोश्रो दिन १७ सय ४६ जना सम्मेलनका प्रतिनिधीहरु बिच बन्दसत्र चल्ने सम्मेलन प्रचार प्रसार समिति संयोजक तथा पार्टी सहसचिव छवि पाण्डेले जनाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।