ताजा अपडेट »

जब खाली खुट्टा आएका पूर्व सांसदले प्रदेश प्रमुख शेरचनसँग हात मिनाउन मानेन्...

शुक्रबार, ०८ मंसिर २०८०, १४ : ३१
44 Shares

गुल्मी । शुक्रबार गुल्मीको एक कार्यक्रम सुरु हुन अघि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन मन्चमा भर्खर आशिन थिए । त्यसको केहिबेर पछि एक जना खाली खुट्टा हिँडेर आएका एक जना पाका उमेरका व्यक्ति उनको छेउमा आई पुगे । उनलाई देख्न साथ मुसुक्क मुस्कुराउँदै प्रदेश प्रमुख शेरचनले हात मिलाउन धेरै बेर हात अगाडी सारिरहे ।

तर ती व्यक्तिले भन्दै थिए ‘मिलाउँदैन म हातसात म त मन मिलाउने हो । प्रदेश प्रमुख शेरचन हाँसिरहे र खुट्टा तिर नजर लगाउँदै भने होईन अझै सम्म खाली खुट्टा नै हिडिदै छ है ।’ ती व्यक्तिको जवाफ थियो, मैले चाहेको प्रजातन्त्र अझै आएको छैन त मैले किन जुत्ता चप्पल लगाउने ? यो प्रतिप्रश्न पछि धेरै वर्ष पछि भेट्न पाएको आफन्त झै प्रदेश प्रमुखको कोखको सिटमा बसेर गर्न थाले दुबैले भालाकुसरि ।

कार्यक्रम स्थल थियो गुल्मीको मालिका गाउँपालिका ३ सिर्सेनिस्थित श्री अरविन्दा तपोभुमि आश्रमको ११ औँ वार्षिकोत्सव समारोहको। पछि सोधपुछमा थाहा भयो उनी स्याङ्जाका पुर्व माननीय शंकर पाण्डे । २०४८, २०५२ र २०६३ गरि ३ पटकसम्म सासद रहेका पाण्डे अध्यात्मिक ब्यक्ति रहेछ्न । कार्यक्रम चलिरहेको बेला पाण्डेले भने -म ४२ बर्ष देखि खाली पैतला हिड्दै आएको छु ।

वार्षिकोत्सवको प्रदेश प्रमुख शेरचनले उद्घाटन गरेका छ्न । कार्यक्रममा एकीकृत समाजवादिकी नेतृ तथा पुर्व मन्त्री रामकुमारी झाँकी , उनै स्याङ्जाका पुर्व सासद पाण्डे , मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवर, मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याल, गुल्मीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी, मानव अधिकार संरक्षण मंचका केन्द्रिय सदस्य तथासिमलि फाउन्डेसनको अध्यक्षका महेन्द्र अर्याल लगायतको आतिथ्यता रहेको छ । अन्तिममा बोल्ने क्रममा पाण्डेसँगको पुरानो सम्बन्ध खुलाउँदै प्रदेश प्रमुखले भने ‘उहाँ मेरो पुरानो मित्र हो उहाँ सङ्ग मेरो मन मिल्छ’

समारोहको अध्यक्षता त्यस तपोभुमिका स्वामि रामचन्द्र दासले गरेका छ्न भने कार्यक्रमको सहजीकरण तमोभुमिकाका ब्यबस्थापक राम प्रसाद घिमिरेले गरिरहेका छ्न ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार