ताजा अपडेट »

इजरायल–हमासबीच युद्धविराम सम्झौता, हमासले ५० जनालाई रिहा गर्ने, इजरायलले आक्रमण रोक्ने

बुधबार, ०६ मंसिर २०८०, १० : ४२
48 Shares

काठमाडौं । डेढ महिनादेखिको युद्धलाई रोक्दै इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका छन् । 

गत ७ अक्टोबरमा हमासले आक्रमणपछि चलेको युद्धललाई विराम गर्दै इजरायलले आक्रमण रोक्ने र हमासले पहिलोचरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका हुनन् । इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ ।

चार दिनको अस्थायी युद्धविरामका क्रममा ती बन्धकलाई रिहा गरिने र रिहा हुनेमा महिला र बालबालिका हुने इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘इजरायल सरकार सबै बन्धकहरूलाई घर फर्काउन प्रतिबद्ध छ ।

जसअनुसार चार दिनभित्र महिला र बालबालिकासहित ५० बन्धकलाई रिहा गरिनेछ । त्यसक्रममा युद्ध रोकिनेछ ।’ हमासले ५० जनालाई रिहा गर्ने इजरायल सरकारले जनाएको हो भने विज्ञप्ति जारी गर्दै हमासले पनि मानवीय आधारमा युद्धविराम मा सहमति भएको जनाएको छ ।  कतार र इजिप्टको मध्यस्तामा सम्झौता भएकोप्रति हमासले दुवै देशलाई धन्यवाद पनि दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।