ताजा अपडेट »

मध्ये रातमा सैनिक कमान्डरको फोन उठ्नु नै काफी थियो !

मंगलबार, ०५ मंसिर २०८०, ११ : २६
16 Shares

गएराति त्यस्तै साढे १२ बजेतिर बुटवलबाट दैनिक लुम्बिनी पत्रिकाका सहकर्मी भोजेन्द्र नेपालीले च्याटमा लेख्नुभयो ‘गुल्मीको मालिका गाउँपालिका–८ निबासी एउटी गर्भवती महिलालाई अप्रेशन गरेर बच्चा जन्माउन ओ पोजेटिभ ब्लड चाहियो खोजी दिनुपर्यो ।’ प्रतिउत्तरमा मैले ‘यस्तो अवस्थामा सधै माथि ब्यारेकले सहयोग गर्थ्यो तर यो मध्येरातमा मेजरसावको फोन कसरी उठ्ला र भाई ! तै पनि म ट्राई गर्छु ।’ भने ।

लगत्तै माथी अर्थात सार्दुल संग्राम गुल्म, धगिथुम ब्यारेकका गुल्मपति सेनानी अशोक कुमार कार्कीलाई फोन हाने । छोटो कलमै फोन उठाउनु भयो । मैले ओ पोजेटिभ ब्लडग्रुप भएको कोहि हुनुहुन्छ भने सहयोग पाउन भनेर निवेदन गरे । ‘पख्नु है म बुझेर खबर गर्छु ।’– भनेर फोन राख्नु भयो । केहिबेरपछि ल मान्छे स्टाण्डबाई छ जति बेला चाहिन्छ भन्नु भनेपछि मालिका–८ की गर्भवती निर्मला सुनारको कुरुवा बहिनी पबित्रा विश्वकर्मालाई फोन गरेर ढुक्क हुनुस् भनेपछि खुशी ब्यक्त गर्नु भयो । केही बेरपछिको फोनमा अप्रेशन सफल भयो रे दाई सन्तान जन्म्यो रे भन्नु भयो । ल बहिनी ब्लडको जति वेला आवश्यकता पर्छ फोन गर्नु म सुत्ने छैन भनेर फोन राखे । राति सुतिएन पनि । सायद माथी मेजर साव पनि राम्रोसँग निदाउनु भएन होला ।

बिहान गुल्मी अस्पतालमा पुग्दा आमा बच्चा दुबैको अवस्था ठिक थियो । यसअघि दुई छोरीकी आमा निर्मला बहिनीलाई छोरा जन्मिएको रहेछ । श्रीमान बिष्णु र ससुरा नरबहादुर सुनार पनि निकै खुशी देखिनुहुन्थ्यो । तर नरबहादुर जि मसङ्ग बोल्दा गला अबरुद्ध पार्दै भन्दै हुनुहुन्थ्यो पोहोर मेरी अर्की बुहारी सुत्केरी हुँदा पनि रेसुङ्गा अस्पतालमा तपाईले सहयोग गर्नु भएको थियो । तर मैले बिर्सेछु । त्यस अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेसँग बुझ्दा बच्चा निस्किने बाटोमा कोखे परेपछि अप्रेशन गरेर झिक्नु परेको बताउनु भयो । ‘अलि जटिल प्रकृति कै अप्रेशन थियो, सफल भयो । अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था ठिक छ र आफन्तजन खुशी छ्न् ।’– उहाँले भन्नुभयो ।

सोहि अस्पतालमा मदाने गाउँपालिका–३ की गर्भवती सिता बिकको अप्रेशनका लागि डाक्टरले ए पोजेटिभ ब्लडका लागि मान्छे तयारी पारीराख्न भनेकोले खोजि दिन उहाँका श्रीमान जिवन बिक आग्रह गर्दै हुनुहुन्थ्यो । त्यस्तै अर्की गर्भवती मालिका गाउँपालिका–५ छापाहिलेकी सुमित्रा कार्कीलाई पनि बि पोजेटिभ ब्लडवाला मान्छे तयार पार्न भनेपछि उहाँका श्रीमान हरि कार्किले खोजी दिन आग्रह गर्दै हुनुहुन्थ्यो ।

मेजर सावले मध्ये रातमा त्यसरी फोन उठाउनु नै ठूलो कुरा हो । आज पनि पछिल्ला ति दुई गर्भतिलाई चाहिने ब्लडका बारे मानिस तयार पारीदिनुभए कृतज्ञ हुने थिए परिवार । यसअघि पनि धेरै पटक त्यस ब्यारेकबाट रक्तदानमा भएको सहायोगप्रति आभार प्रकट गर्दछु र निर्मला बहिनीको प्रशुती सेवामा खट्नुहुने डाक्टर सहितका स्वाश्यकर्मीहरुमा साधुबाद ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार