१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

गुल्मी । गुल्मी, पर्वत र स्याङ्जाको संगमस्थल सेतीवेनी विश्वविराट शालिग्रामले प्रसिद्ध धार्मिकस्थल हो । पर्वतको विहादी गाउँपालिकाबाट शालिग्रामको दर्शन गर्न एक दम्पत्ति बच्चासहित आए । स्नान गर्ने क्रममा बच्चा चिप्लीएर कालीगण्डकी नदिले बगाउँदै लग्यो । बच्चालाई बचाउन आमा नदिमा हामफालिन । उनिहरुलाई बचाउन  बाबु पनि हाम्फाले । तिनै जना बग्दै गए । पछि स्टेम्वरले उनिहरुले उद्धार गर्ने क्रममा बाबुलाई निकाल्यो । बच्चालाई पनि तत्कालन निकालेर अस्पताल लगेर बचाउन सकियो । तर आमा तलैसम्म बग्दै गएको हुँदा मृत प्राय अवस्थामा फेला परिन । अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भयो । विगत २२ वर्षदेखि यस स्थानमा पूजा गर्दै आएका पण्डितले यहाँको अवस्था बारे गुनासो पोख्दै उदाहरण स्वरुप यसरी एक घटना सुनाए । “अवस्था यस्तो छ, यसप्रति कुनै तहको सरकारले गम्भीरतापुर्वक लिएन ।”-उनले भने ।

Advertisement

भक्तालुजनका लागि एउटा सुरक्षितर र व्यवस्थित स्नानस्थल समेत निर्मण नभएको यहाँ सरकारीतौरबाट विश्व विराट शालिग्राम रहेको सेतीवेनीको संरक्षण हुन नसकेको स्थानीयले गुनासो गर्दै आएका छन् । कालीगण्डकी नदि किनारमा अवस्थित विश्व विराट शालिग्राम र सिंगो सेतीवेनी बजार समेत अहिले बाढीको उच्च जोखिममा पर्दै आएको छ ।

हरेक वर्षको वर्षायाममा कालीगण्डकी नदि र पूर्व तर्फबाट बगेर आउने सेती खोलाको बाढिले उच्च जोखिमा पार्दै आए पनि सरकारीतौरबाट वेवास्ता हुँदै आएको गल्याङ्ग नगरपालिका-५ सेतीवेनीका समाज सेवी प्रेमबहादुर अर्यालले गुनासो गरे । उनले भने, “विश्व विराट शालिग्राम समेत जोखिममा छन् । यहाँ मिडीया आउँछन , नेता र जनप्रतिनिधी पनि आउछन र  गुनासो गर्छौ तर कसैले सुनेनन् ।” यस क्षेत्रमा एक डेढ दशकसम्म ब्यापारिक चहल पनि निकै थियो । स्याङ्गजा तर्फ लोकमार्ग र गुल्मीतर्फ कालीगण्डकी कोरिडोर सडक संचालनमा आएपछि सेतीवेनी बजारको ब्यार पनि सुक्न थालेको उनी बताउँछन् । “पहिला पहिला विदेशी पर्यटकहरुको समेत निकै घुँईचो लाग्थ्यो । अहिले पनि विश्वकै विराट शालिग्राम छ भनेर विदेशी पर्यटकहरु आउँछन ।”-उनले भने । सञ्चार माध्यमबाट प्रचार प्रसार पनि कम हुँदै गएपछि विदेशी पर्यटकहरुको संख्य घट्नुको मुख्य कारण रहेको उनको बुझाई छ । त्यहाँका पुराना ब्यापारिहरु मानबहादुर  अर्याल र होटल ब्यवसायी भक्तीप्रसाद शेरचन निकै चर्चित रहेको उनी स्मरण गर्छन् ।

शालिग्रामको दर्शन गर्नुअघि कालीगण्डकी नदि किनारमा स्नान गर्ने गर्दछन भक्तजनले । जसलाई सरकारी निकायले सुरक्षित स्नान स्थल बनाउन पहल नर्गदा बेला बेलामा अप्रीय घटनाहरु घट्ने गरेको शालिग्राम धामका पण्डित हरिपराजुली बताउछन् । गत २२ वर्षदेखि यहाँ पूजापाठ गर्दैै आएका पण्डित पराजुलीका अनुसार कालीगण्डकी नदि र सेतीखोलाको काँखमा अवस्थित विश्व विराट शालिग्रामलाई  भगवान शिवजीका प्राकृतिक अवतार मानिन्छ ।

पौराणिक कथामा उल्लेख भए अनुसार परापुर्वकालमा तपश्या गर्न बसेका तपस्वीहरुले रातको समयमा  आफै शंख बजेको र गाई कराएको सुनेपछि  विश्व विराट शालिग्रमाको महिमा  बढेको थियो । त्यस यता हिन्दु धर्मावलम्वीहरु  ध्यान गर्न आउने गरेका छन् । देशकै एउटा यस्तो महत्वपूर्ण धार्मिक थलोलाई गुल्मी तर्फको कालीगण्डकी गाउँपालिका, स्याङ्गजाको गल्याङ्ग नगरपालिका र पर्वतको विहादी गाउँपालिकाका जनप्रतिनिधीहरु संयुक्त रुपमा संरक्षण र प्रचार प्रसारमा पहल गर्न चुकेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण