ताजा अपडेट »

चिलौनीको ठुटोमा नववेहुला-वेहुलीको त्यो जम्का भेट…

आइतबार, ०३ मंसिर २०८०, १९ : ४३
20 Shares

सदा झैं विहानै उठेर लागियो बाउ–बाजेहरुले भन्ने गरेको हग्नेगौडीतिर । बाँसघारी थियो । त्यसको कुनामा चिलौनीको रुखको फेंदमा ताछ्तुछ पारेर खुल्ला शौचालय बनाईएको थियो हाम्रो घरमा ।

त्यसमा अरु कोही गएको थाहा पाए लागिन्थ्यो जंगलतिर । लोटा बोक्ने चलन थियो । कत्तिले त त्यही पनि बोक्दैनथे । आज भन्दा चार दशक अघिसम्म ठुलै घरनामा पनि प्रायः धेरैले खुल्ला शौचालयनै प्रयोग गर्दथे । त्यही अवस्थाको घरको म नव वेहुलो भनौदो लागे खुल्ला शौच गर्न । उफ…भगवान … पुग्छु भन्दा त म भन्दा पहिला अघिल्लो दिन विहे गरेर ल्याएकी ति नववेहुली पो टुस्स बसेकी रैछन् ।

घोप्टोमुन्टी लगाउँदै थिईन , अनि फर्कि होले । विचरी ती नववेहुलीको हालत के भयो होला ? लाजले म घरबाट अन्यत्र नलागेसम्म फर्किन सकिनन । त्यो बुझेर आँपारुखको फेंदमा बसेको म लाहुले त्यहाँबाट उठेर हिडे गाउँतिर दिनभरी घर आईन गाउातिरै भुलेर बसेको थिएँ । अर्को एउटा सम्झ्यो कि हाँसो लाग्ने त्यस्तै एउटा घटना छ ।

राती पल्लो गाउँको एकघरमा भएको तिजको रामबाट फर्किदै गर्दा चारपाँच जना केटाहरु बाटा मुनी जंगलमा लहरै शैच गर्न बस्यौं । भर्खर कुखरे बैंसले छोएको थियो । निकालियो उनै आ–आफ्ना केटी साथीहरूका कुरा । त्यही बेलामा अलि उनै साथीहरु सासैसासले बोलेको जस्तो लागेर हेर्दा त उनिहरु पनि हाम्रो केटाहरु भन्दा ठिक तल त्यसरी नै लहरै शौच पो रैछन । भयो फसाद ? न उनिहरु उठेर हिड्न सक्छन न हामी नै । उफ… धेरैबेर पछि बढो मुस्कीलले उठेर हिडियो । त्यस पछि उनिहरु पनि हिडे होलान् । त्यो लाजले उनीहरु संग महिनौ नजिक पर्न सकिएको थिएन । आज बिश्व शौचालय दिवसको अवसरमा तिनै दिनको स्मरण गर्न मन लाग्यो ।

म सानो छँदा अवस्था त्यस्तो थियो । अहिले भने अधिकांश ग्रामिण भेगमा बरु कच्ची घर पक्की शौचालय देखिन्छ । अति विपन्नले पनि बोराले बारेर भए पनि साईफन राखेका हुन्छन अहिले । उति बेला त साईफन भनेका प्रायः चिलौनीको ठुलो र छापे ढुङ्गाहरु हुन्थे । कतिपयले छापे ठुङ्गामा प्याल पारेर साईफन बनाउँथे । साविक गुल्मी जिल्ला विकास समितिले डेढ दशक अघि बढो तामझामका साथ गुल्मी जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्दा कैयौंको घरको शौचालयको अवस्था हामी सानो छँदाको जस्तै थियो ।

२०६० को दशकमा माओवादी जनयुद्धतका जंगलमा शैचालाय बस्न जानेहरु बाँचेर फर्किने हो कि होईन जस्तो गरेर डराउँथे । २०५९ सालको एक दिन विहानै झिसमिसेमा मेरा जेठो बुवाका छोरा मानबहादुर सुनार लोटा बोकेर जंगलतिर जाँदै हुनुहुन्थ्यो । घरबाट नेटा भन्ने स्थानबाट जंगलतिर पस्ने क्रममा सेनाको एक टुकुडीले घेरेर कतै जान दिएन । उहाँ निलो कालो भएर हात जोड्दै शैच बस्न जाने अनुमति लिएर जानु भएको पिडा सुनाउँदै हुनुहुन्थ्यो ।

०६० पछि मात्र हाम्रो गाउँमा ब्यस्थित शौचालय बन्न थालेका हुन । हामी सानो छँदा कतिपयका घरमा बर्खामास जान घिन लाग्थ्यो । आँगन र दलानमा बालबालिकाको दिशा देखिन्थ्यो । घरमा पुग्ने बाटोसम्म पाका मान्छेकै दिशा देखिन्थयो । बिशेषतः जनजाती बस्ती र दलित वस्तीमा अझ सुँगुर पाल्ने चलनले बाटैभरी दिशा हुँदा वर्षामा हिड्दा खुट्टा घिनाएर बेहाल हुन्थ्यो । साविक बडागाउँ गाविसको दजाकोटमा अझ बढि फोहर हुन्थ्यो ।

पछि त्यस गाउँको सरसफाई र जनचेतनाका अभियान्त थिए हरिप्रसाद छन्त्याल । उहाँले छेडेको सरसफाई अभियानले त्यस गाउँलाई आज भन्दा अघि देखि नै सहरको भन्दा बढि सफा टोलमा परिणत गरी दियो । अहिले सरसफाईमा दजाकोट उदाहरणिय थलो भनेको छ । आज यस दिवसको अवसरमा हरिप्रसाद छन्त्याललाई स्मरण गर्दै उनी प्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु । गुल्मीमा ब्यवस्थीत शौचालयको अवस्थाबारे जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्रीसंग बुझ्दा उहाँले पुर्वी गुल्मी तर्फ अधिकांश घरमा ब्यवस्थीत शौचालय रहेको आफुले पाएको तर पश्चिम गुल्मीका अवस्था आफुले नजिकबाट नियाल्न नपाएको बताए ।

वास्तवमै पश्चिम पाहडी भेगको शौचालयको ईतिहास भनौंकी अवस्था ‘चिलाउनको ठुठो’ नै हो जस्तो लाग्छ बाउबाजेहरुको कुरा सुन्दा र आफुले पनि सानो छँदा भोग्दा । अहिले अत्यन्तै विपन्नको घरमा पुग्दा पनि बोरैले बारेर भए पनि साईफन सितको शौचालय देख्दा खुशी लाग्छ र ति दिन सम्झेर हाँसो उठ्छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार