ताजा अपडेट »

भारतलाई तेस्रो झट्का, ओपनरपछि श्रेयस पनि आउट

आइतबार, ०३ मंसिर २०८०, १५ : ५१
36 Shares

काठमाडौँ । पहिले ब्याटिङ गर्न आएको भारतीय टोलीलाई अष्ट्रेलियाले तेस्रो ठूलो झटका दिएको छ । श्रेयस अय्यर मात्र चार रन बनाएर आउट भए । उनले तीन बल मात्र खेल्न सके ।

कप्तान प्याट कमिन्सले श्रेयसलाई आफ्नो पहिलो शिकार बनाए । तर, यसअघिका चार खेलमा उनले लगातार अर्धशतक र शतक प्रहार गरेका थिए । श्रेयस अय्यरले यस प्रतियोगितामा आउट हुनुअघि कुल ५३० रन बनाएका थिए । उनको औसत ६६.२५ रहेको छ ।

आउट हुनुअघि शुभमन गिलले ४ रन, रोहित शर्माले ४७ रन र श्रेयस अय्यरले ४ रन बनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।