१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

कोलम्बो। श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न १० ओँ अन्तर्राष्ट्रिय सोतोकन खुला कराँते प्रतियोगितामा नेपालको रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१४ स्थित अन्तर्राष्ट्रिय विद्यालय नमस्ते एकेडेमीमा अध्ययनरत ७ जना विद्यार्थी सहभागी भइ उत्कृष्ट प्रदर्शन गरेका छन ।

Advertisement

१० औं अन्तर्राष्ट्रिय जापान सोतोकन खुल्ला कराँते प्रतियोगितामा पाँच राष्ट्रलाई पछि पार्दै ३ स्वर्ण , २ रजत र ३ कास्य पदक प्राप्त गर्न सफल भयका छन बन्दरागमन अन्तर्राष्ट्रिय इन्डोर स्ट्डियममा भएको खेलमा नेपाल , भारत , श्रीलंका , पाकिस्तान र माल्दिब्सका खेलाडीहरुको सहभागिता रहेको थियो।

श्रीलंकाको राजधानी कोलम्बोमा नेपालको प्रतिनिधित्व गर्दै श्रीलंकामा रहेका नमस्ते एकेडेमीका विद्यार्थीहरु देवकुमार शाहले कुमिते बिधामा एक स्वर्ण र काँता बिधामा १ रजत तथा बेद जैसवाल र अन्स चौधरीेले कुमिते बिधामा स्वर्ण पदक प्राप्त गर्न सफल भए । त्यसै गरी आइलेसजङ्ग थापाले रजत पदक र नितिशा श्रेष्ठ , हिमानी थापा मगर र ,वीरबहादुर कुमालले कास्य पदक पाई उत्कृष्ट प्रदर्सन गर्दै नेपाल र नेपालीको नाम दक्षिण यसियामा चम्काउन सफल भएको टिम व्यवस्थापक विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिए ।

समुदघाटन समारोहमा नेपाल र नेपालीको  खेलाडीको खेललाई  हौसला दिन श्रीलंका  पुगेका नेपालका चर्चित न्युरोलोजिस्ट डाक्टर लेखजङ्ग थापाले आफ्नो कला र सीप प्रर्दशन गर्दै आफ्नो,राष्ट्रको गौरव राख्दै उत्कृष्ट खेल खेलेर देशलाई विश्वमाझ चिनाउन आग्रह गरे। सहभागी राष्ट्का खेलाडीलाई  हौसला दिँदै यस्तो भव्य र सभ्य खेल आयोजना गर्ने श्रीलङ्कन कराँतेएसोसिएसनलाई एक लाखको चेक हस्तान्तरण गरे ।

नेपाल र नेपालीको नाम विदेशी भूमिमा चिनाउन सफल कराँते र यसका खेलाडी , कोच र रेफ्रीलाई राज्यले उचित ध्यान दिनु पर्ने खेल प्रशिक्षक कमरुद्दिन अलीले बताए। नमस्ते एकेडेमीले यसअघि २०२२ मा श्रीलंका र २०२३ मा मलेसिया गएर खेल खेलेर च्याम्पीयन हुँदै ट्रफी लिएर आएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप ‘उमेर भिन्नता’को कारण थाइल्यान्डमा बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या ! तिलोत्तमाको औद्यागिक व्यापार मेलामा ९ करोडको कारोबार, ५ दिन म्याद थप नमस्ते एकेडेमीमा विज्ञान प्रर्दशनी