१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । बुटवललाई पत्रकारितामा मोफसलको राजधानी भनिए जस्तै गुल्मीको हकमा मुसिकोट नगरपालिका, त्यसमा पनि वामिटक्सार बजार पत्रकारिता क्षेत्रको तम्घास पछि दोस्रो सदरमुकाम बन्न पुगेको छ । मुसिकोट नगरपालिकाको केन्द्र रहेको वामिटक्सार बजारमा तम्घासपछि सबै भन्दा बढि संचारकर्मी सकृय रहेको थलो बनेको छ ।

Advertisement

त्यहाँ स्थित सामुदायिक रेडियो पुष्पान्जलि, पौदिअमराई स्थित सामुदायिक रेडियो छत्रभुमि र जिटिभि नेपाल अनलाइन र युनिक खबर, विभिन्न युट्युवसहित दुई दर्जन बढि संचारकर्मीहरु कृयाशिल भैसकेका छ्न् । नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष जनार्दन घिमिरे र वर्तमान सचिव प्रेम सुनार सहित पत्रकार महा संघको सदस्यता प्राप्त गर्नेहरु समेत झण्डै एक दर्जन पुगेका छ्न् ।

अग्रणि जिटिभि
त्यहाँबाट संचालित जिटिभि नेपाल अनलाइनले मुसिकोटको सन्चार क्षेत्रमा अग्रणि भुमिका खेलेको छ । त्यसको युट्युव र पेजले देश बिदेशका लाखौ पाठक र दर्शक पाउँदै आएको छ। त्यस अनलाइनले सुचना केन्द्र प्रा।लि। मुसिकोट नगरपालिका ७ दर्ता गरि गत वर्षदेखि मौलिक सांस्कृतिक संरक्षणमा योगदान पुराउँदै आएको छ । यस वर्ष पनि शनिबार वामिटक्सारमा भव्य रुपमा सोरठी भैलो नृत्य प्रतियोगीता तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

उसले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसर पारेर लोप हुँदै गइरहेको सारेठीलाई संरक्षण एवम् प्रवद्र्धन गर्ने र नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्धेश्य सहित कार्यक्रम आयोजना गरेको अध्यक्ष दिपक नेपालीले बताए । कार्यक्रममा सोरठी नृत्य प्रतियोगीतासंगै खुल्ला रेकर्ड डान्स प्रतियोगीता र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती रहेको थियो । सोरठी नृत्य प्रतियोगीता तर्फ ८ समुह सहभागी भएकोमा सानो रिघा सोरठी समुहले प्रथम स्थान हासिल गर्दै नगद रु. २० हजार तथा मालारानी भैलो सोरठी संरक्षण समिति मालारानीले द्वितीय स्थान हासिल गर्दै नगद रु. १५ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् । बागलुङ र गुल्मीका विभिन्न स्थानका सोरठी समुहको प्रस्तुतीले वामीटक्सार बजार सोरठीमय बनेको थियो ।

त्यस्तै खुल्ला रेकर्ड डान्स प्रतियोगीतामा १२ जना सहभागी भएकोमा द गलकोट स्क्वायर डान्स एक्याडेमी गलकोट बागलुङले प्रथम स्थान हासिल गर्दै नगद रु. १० हजार १ सय १७ तथा बिनिता परियार द्वितीय हुँदै नगद रु. ५ हजार १ सय १७ रुपैयाँ प्राप्त गरेका छन् । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक रेशम निर्दोष, चर्चित डान्सर शेखर घर्ती मगर, डान्सर दिलु सुनार, लोक तथा दोहोरी गायिक पवित्रा सर्तुङ्गी मगर र गायक ओम सेञ्चुरी लगायतको सांगीतिक प्रस्तुती रहेको थियो ।

जिटिभि नेपाल अनलाइन सुचना केन्द्र प्रा।लिका अध्यक्ष दिपक नेपालीको अध्यक्षता रहेको कार्यक्रममा डा. प्रवेश ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरउपप्रमुख गंगा श्रेष्ठ, पूर्व नगरप्रमुख सोमनाथ सापकोटा, वडा नं २ का वडाध्यक्ष रविन्द्र के.सी, वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटा, समाजसेवी एवम् महिला अधिकारकर्मी बिष्णु कुमारी सापकोटा, कल्पना घिमिरे, समाजसेवी झविलाल भण्डारी, ज्ञानहरी सापकोटा, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, पूर्व अध्यक्ष जनार्दन घिमिरे, संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, वामी प्रहरी चौकीका ईन्चार्ज वरिष्ठ सइ लक्ष्मण विश्वकर्मा, सहयोगीदाताहरु, स्थानीय तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिटिभि नेपाल अनलाईन सुचना केन्द्र प्रा.लि.का सम्पादक सागर भण्डारीको स्वागत मन्तव्य एवम् उद्घोषक भुवन भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर