१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय र प्रमुख प्रशासकीय बीच विवाद उत्पन्न भएको छ । मेयर पाण्डेयले अनावश्यक निर्णयका लागि दबाब दिने गरेको भन्दै प्रमुख प्रशासकीय विष्णु भुसालले बुटवलबाट फिर्ता जाने निर्णयमा पुगेको श्रोतको दाबी छ ।

Advertisement

मेयर पाण्डेले आफू निकटका व्यक्तिहरुलाई कानून विपरित नियुक्ति गर्न दबाब दिएको तथा आर्थिक अपारदर्शिता हुने खालका निर्णयहरुमा हस्ताक्षर दिन दबाब सिर्जना गरेपछि भुसाल बुटवलबाट फिर्ता जाने निर्णयमा पुगेको श्रोतको दाबी छ । बुटवल उपमहानगरको कार्तिक २२ गते बुधबार कार्यपालिका बैठक आयोजना गरिएकोमा अघिल्लो दिन मँगलबार नै भुसाल काठमाण्डौं हानिएका छन् । कार्यपालिका बैठकमा प्रस्ताव लैजाने विषयमा उनीहरु बीच विवाद उत्पन्न भएको थियो । स्रोतका अनुसार मँगलबार दिउँसो मेयर पाण्डेयले अनुदान वितरण गर्ने विषयलाई कार्यपालिकामा नलगेर भित्रभित्रै मिलाउने गरि आफ्ना कार्यकर्तालाई वितरण गर्ने दबाब दिएका थिए । उक्त प्रस्तावमा असहमती जनाउँदै भुसालले नियमानुसार प्रस्ताव बैठकमा लैजानु पर्ने अडान राखेका थिए । स्रोतका अनुसार उक्त अडानपछि मेयर पाण्डेले प्रमुख प्रशासकीय भुसाललाई “तपाईले मलाई असहयोग गर्ने, त्यसो भए तपाईं भर्खरै जानुस्” भनेर भनेका थिए । मेयरको उक्त ठाडो आदेशसँगै भुसालले आफू एक मिनेट पनि नबस्ने भनी भुसाल कार्यलयबाट निस्किएका थिए ।

यद्यपि प्रमुख प्रशासकीय भुसालले भने मेयर पाण्डेयसँगको सहमतीमै बुटवलबाट फिर्ता जाने निर्णय गरेको बताए । “सबै मान्छे सबै ठाउँमा फिट नहुन सक्छन्, त्यसैले पनि हामी सहमतीमै त्यो निर्णयमा पुगेका हौं ।”-ग्लोबल आवाजसँग, भुसालले भने “विवाद नै भएको भन्न मिल्दैन, यसलाई सामान्य रुपमा नै लिँदा हुन्छ ।” सबैको काम गर्ने तरिका फरक हुने बताउँदै उनले यसलाई ठूलो रुप नदिन आग्रह गरे ।

भुसाल गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा हाजिर हुन आएका थिए । यति छोटो समयमै उनले बुटवल छाड्ने निर्णयले पनि उनीहरु बीच विवाद रहेको अनुमान गर्न सकिन्छ । यस विषयमा कुुरा गर्न पटक-पटक प्रयास गरे पनि मेयर पाण्डेयको फोन उठेन ।

प्रतिकृया दिनुहोस्

Flash News

पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो