ताजा अपडेट »

ओमान विरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्दै

आइतबार, १९ कार्तिक २०८०, १० : २९
16 Shares
आइतबार, १९ कार्तिक २०८०
16 Shares

बुटवल । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानसँग टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेकोछ । घाइते दीपेन्द्रसिंह ऐरी आज खेलेका छैनन् । उनी नखेल्दा सन्दीप जोरा प्लेइङ ११ मा फर्किएका छन् । दीपेन्द्रको सोमबार बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो । शुक्रबार युएईविरुद्ध सेमिफाइनल खेल जितेको खण्डमा टि२० विश्वकप खेल्न पाउने हुँदा दीपेन्द्रले उक्त जोखिम लिएका थिए ।

नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउनुको साथै विश्वकपमा पुगेका थिए । नेपालले यसअघि २०१४ मा टि२० विश्वकप खेलेको थियो । ओमानले २०१६ र २०२१ मा टि२० विश्वकप खेलेको थियो । २०२१ मा युएई आयोजक हुँदा ओमान सह आयोजक थियो । घरेलु टोली नेपाल ओमानसँग समूह चरणमा पाँच रनको पराजित भएको थियो । युएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोलीको मनोबल उच्च छ । घरेलु मैदान र दर्शकले नेपाल झनै बलियो बन्नेछ ।

ओमान उक्त खेलको नतिजा निरन्तरता दिन चाहन्छ । नेपाल र ओमानबीच टि२० आईमा पाँच खेल भएका छन् । नेपाल तीन र ओमान दुई खेलमा विजयी भएको छ ।

नेपालको प्लेइङ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।