ताजा अपडेट »

आईसीसी टि २० : उपाधिका लागि नेपालले आज ओमानसँग खेल्दै

आइतबार, १९ कार्तिक २०८०, ०७ : ३९
48 Shares
आइतबार, १९ कार्तिक २०८०
48 Shares

बुटवल । पालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आज ओमानसँग खेल्दैछ । खेल बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउनुको साथै विश्वकपमा पुगेका थिए । नेपालको रोहित पौडेल र ओमानको जिशान मकसुदले कप्तानी गर्नेछन् ।

घरेलु टोली नेपाल ओमानसँग समूह चरणमा पाँच रनको पराजित भएको थियो । युएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोलीको मनोबल उच्च छ । घरेलु मैदान र दर्शकले नेपाल झनै बलियो बन्नेछ । नेपालका कुशल भुर्तेल र कुशल मल्ल प्रमुख टि२० खेलाडी हुन् । यी दुई खेलाडीको उच्च प्रदर्शन बिना जित कठिन पर्न सक्छ । ओमानविरुद्ध फाइनल खेल दीपेन्द्रसिंह ऐरी खेल्ने छैनन् ।

विश्वकपमा पुग्न निर्णायक खेल हुँदा दीपेन्द्रले युएईविरुद्ध खेलेका थिए । तर फाइनल खेल हुँदा दीपेन्द्र खेल्ने सम्भावना देखिदैन । खुट्टाको एंकलमा चोट लागेका दीपेन्द्र नखेल्दा सन्दीप जोरा वा विनोद भण्डारी मध्य एक खेल्ने छन् । सन्दीप जोराको सम्भावना बढी छ । नेपालको टोलीमा अन्य परिवर्तन गर्ने सम्भावना छैन । करण केसीको स्थानमा ललित राजवंशीलाई मौका दिनसक्छ ।

करण र सोमपालबाट राम्रो सुरुवात चाहन्छ । डेथ ओभरमा अभिनाश बोहरा हुनेछन् । डेथ ओभरमा लगातार रन खर्चिदै आएको थियो । युएईविरुद्ध सन्दीप र कुशलले १७ औं र २० औं ओभर गरेका थिए । ओमानविरुद्ध नेपाललाई डेथ ओभरमा स्पिनर लगाउने निर्णय घातक पनि बन्नसक्छ ।

ओमानका दुई पाकिस्तानी मुलका अकिब इल्यास र जिशान मकसुद प्रमुख हतियार हुन् । यी दुई अलराउन्डरको प्रदर्शन ओमानलाई महत्वपूर्ण हुनेछ । अकिब समूह चरणमा ब्याटिङमा २ रनमा सोमपालको बलमा बोल्ड आउट भएपनि बलिङमा दुई विकेट लिएका थिए ।

बहराइनलाई हराउन उनले चार विकेट लिएका थिए । तेस्रो नम्बरमा खेल्दै आएका अकिब नेपाललाई घातक बन्नसक्ने खेलाडी हुन् । अकिब राम्रो लयमा पनि छन् ।

जिशान आफ्नो अनुभवको फाइदा उठाउन सक्छन् । नेपालविरुद्ध उनले २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रन बनाएका थिए । भारतीय मुलका युवा ब्याटर प्रतीक अथवले पनि राम्रो गर्दै आएका छन् ।

ओमानको ब्याटिङमा गहिराई छ । तीव्र गतिका बलर कलिमुउल्लाह र बिलाल खा बाहेक अन्य सबै ब्याटिङका लागि चिनिन्छन् । तीव्र गतिका बलर बिलाल खानको प्रदर्शन महत्वपूर्ण हुनेछ । ओमानमा सबै भारतीय र पाकिस्तानी मुलका खेलाडी छन् । त्यसैले उनीहरुको प्रदर्शन अनुमान लगाउन मुश्किल पर्ने गर्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।