ताजा अपडेट »

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म टेलिफोन र वाईफाई निःशुल्क

शनिबार, १८ कार्तिक २०८०, १५ : २७
10 Shares

काठमाडौं । सरकारले भूकम्प प्रभावित स्थानमा पाँच दिने निःशुल्क फोन, म्यासेज र इन्टरनेटको सुबिधा उपलब्ध गराएको छ ।गएराती जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्प पीडितलाई राहात उद्धारमा सहज होस भन्ने हेतुले सो सुबिधा उपलब्ध गराईएको हो । 

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था गर्ने र उक्त क्षेत्रमा सूचना आदान प्रदान गर्न निःशुल्क नेपाल टेलिकमको वाईफाई सञ्चालन हुनेछन् ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।