ताजा अपडेट »

भूकम्पमा परी मृत्यु हुनेकाे संख्या १३८ पुग्याे

शनिबार, १८ कार्तिक २०८०, १५ : २३
30 Shares

काठमाडाैं । भूकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १३८ पुगेकाे छ । गए राती जाजरकाेटलाइ केन्द्र बनाएर गएकाे भूकम्पमा परी हालसम्म १३८ जनाकाे ज्यान गएकाे हाे भने घाइतेकाे संख्या १६६ जना पुगेका छन । नेपाल प्रहरीका अनुसार जाजरकाेटमा मात्रै १ सय जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन । 

रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन भने ८५ जना घाइते भएका छन । घाइतेहरूकाे स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडाैंमा गरी उपचार भइरहेकाे छ । साथै, साे भुकम्पमा परी गम्भिर घाइतेहरूलाइ उपचारका लागि काठमाडाैं ल्याइदैँछ । नेपाल प्रहरीका अनुसार साे भुकम्प परी घाइतेहरू मध्ये ७ जनालाई नेपाल एअरलाइन्सवाट उडानद्वारा काठमाडौं ल्याइदै गरिएको हाे 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।