ताजा अपडेट »

भूकम्प पीडितलाई बुद्ध एअरको १ करोड सहयोग, राहात सामग्री ढुवानीमा सहयोग गर्ने

शनिबार, १८ कार्तिक २०८०, १५ : १८
36 Shares

काठमाडौं । बुद्ध एअरले भूकम्प पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । निजी क्षेत्रवाट सञ्चालित वायुसेवा कम्पनी बुद्ध एयरले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको हो । शनिवार अपरान्ह टविटरमार्फत एक सूचना जारी गर्दै सो एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १ करोड सहयोग दिने निर्णय गरेको जानकारी दिएको छ ।

 ‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनै पर्छ,’ जारी बिज्ञप्तिमा भनिएको छ, ‘हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु। १ करोड सहयोग दिने निर्णय गरेका छौँ । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौँ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।