ताजा अपडेट »

क्यानले भोली हुने क्रिकेट प्रतियोगितामा टिकटबाट संकलित आधा रकम भूकम्प पीडितलाई दिने

शनिबार, १८ कार्तिक २०८०, १० : ३५
10 Shares

काठमाडौं । नेपाल क्रिकेट संघले भोली हुने फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने भएको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गए राती गएको भूकम्प परी ज्यान गुमाएका तथा घाइते परिवारलाई उक्त रकम दिइने क्यानले जनाएको छ ।

‘आइसिसी टी(२० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गत आइतबार हुने नेपाल र ओमान बिच फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भुकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं’ क्यानले भनेको छ । क्यानले मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।