ताजा अपडेट »

भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री भने -सहयोग गर्न तयार छौं

शनिबार, १८ कार्तिक २०८०, १० : ३२
4 Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएराति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै मोदीले सबै सम्भव सहयोग गर्ने बताएका छन् । उनले भूकम्पबाट निधन भएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ । भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ,’ मोदीले लेखेका छन्, ‘हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।