ताजा अपडेट »

भूकम्प अपडेट : रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा १३ जनाको मृत्यु

शनिबार, १८ कार्तिक २०८०, ०२ : ०८
64 Shares

बुटवल । पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु रहेर शुक्रबार राति गएको भूकम्पमा परी रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा पछिल्लो विवरण अनुसार १३ जनाको ज्यान गएको प्रारम्भिक विवरण आएको छ । आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार वडा नम्बर ११ मा सबभन्दा बढी सात जनाको मृत्यु भएको छ भने वडा नम्बर १२ मा चार जना र वडा नम्बर १३ मा तीन जनाको मृत्यु भएको छ।

भूकम्पसँगै सञ्चार सम्बन्ध समेेत राम्रोसँग हुन नसकेका कारण एकिन विवरण संकलन गर्न कठिनाई भईरहेको उनले बताईन । 'कुन ठाउँमा कति घर क्षति भयो भन्ने पनि स्पष्ट भइसकेको छैन। हामी उद्दारका लागि उपलब्ध सबै संयन्त्र परिचालन गरिरहेका छौं।'-उनले भनिन् ।

यसैगरी जाजरकोटमा १ जनाको मृत्यु भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार १ जनाको मृत्यु भएको छ भने करिब २ दर्जन मानिस घाइते भएका छन् ।

शुक्रबार राति ११ः४७ बजे गएको भूकम्पबाट भएको क्षति बारे थप विवरण संकलन र उद्दार कार्य जारी रहेको सुनारले ग्लोबल आवाजलाई जानकारी दिए । जाजरकोटका विभिन्न पालिकाहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना तथा स्थानीयबाट उद्धारको काम जारी रहेकाले पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।