ताजा अपडेट »

भू-कम्प अपडेट : जाजरकोटमा १ जनाको मृत्यु, करिब २ दर्जन मानिस घाइते

शनिबार, १८ कार्तिक २०८०, ०१ : २७
22 Shares

बुटवल । पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु रहेर शुक्रबार राति गएको भूकम्पमा १ जनाको मृत्यु भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार १ जनाको मृत्यु भएको छ भने करिब २ दर्जन मानिस घाइते भएका छन् ।

शुक्रबार राति ११ः४७ बजे गएको भूकम्पबाट भएको क्षति बारे थप विवरण संकलन र उद्दार कार्य जारी रहेको सुनारले ग्लोबल आवाजलाई जानकारी दिए । जाजरकोटका विभिन्न पालिकाहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना तथा स्थानीयबाट उद्धारको काम जारी रहेकाले पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए । पश्चिम नेपालको कर्णाली प्रदेशस्थित नायकवाडा केन्द्रविन्दु रहेर ६ म्याग्निच्यूड हाराहारीको भुइँचालो गएको भुइँचालो मापन गर्ने एपहरूले जनाएका छन्।

यो भुइँचालोबाट जाजरकोटको खलंगामा केही घरहरू भत्किएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीले जानकारी दिए। सल्यान र रोल्पामा पनि केही घर भत्किएको त्यहाँका प्रहरीले बताएका छन्।

नगलगाड नगरपालिका-४ का वडाध्यक्ष बद्री पन्तका अनुसार उनको वडामा मात्र २४ भन्दा बढी घर भत्किएका छन्। मानवीय क्षतिको खबर भने नआएको उनले बताए।

यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यहाँ अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।