ताजा अपडेट »

बुटवलसहित देशका विभिन्न ठाउँमा भू-कम्पको धक्का

शनिबार, १८ कार्तिक २०८०, ०० : १०
26 Shares

बुटवल । शुक्रबार राती एक्कासी भू-कम्पको धक्का महशुस भएको छ । बुटवलसहित देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महशुस भएको हो । रातको करिब ११ बजेर ४७ मिनेटको समयमा रुपन्देहीसहित पाल्पा, नवलपरासी, कपिलवस्तु लगायतका ठाउँमा भूकम्पको धक्का महशुस भएको त्यहाँका स्थानीयले बताएका छन् ।

पश्चिम नेपालमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। भुइँचालो करिब ६ म्याग्निच्युडको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।

पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्। त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।