ताजा अपडेट »

गुल्मीको शान्तिपुरमा मनिषा मृत्यु प्रकरणः बलात्कारपछि हत्याको आशंका !

शुक्रबार, १७ कार्तिक २०८०, १६ : ४१
22 Shares

गुल्मी । शुक्रबार गुल्मीको शान्तिपुरस्थित हुग्दीखोलाको बिच भागको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी १५ वर्षीया किशोरी मनिषा रुचालको मृत्यु घटनालाई परिवारजनले बलात्कारपछि हत्या भएको आशंका गरेका छन् । चन्द्रकोट गाउँपालिका–४ डाँडावन माईती घर भएकी धनमाया रुचालकी छोरी मनिषा आमासहित शान्तिपुरको श्रीलंकाटोलमा डेरामा बस्दै शान्तिपुरको उदय मावि कक्षा ९ मा पढ्दै आएकी थिईन् ।

विहिबार विहानै देखि घरदेखि पारी पट्टि खेतमा आमासहित धान झाँट्ने काम गर्न गएकी थिईन । साथमा सातआठ जना पुरुष पनि रहेको बताईन्छ । काम गर्ने थलोबाट खेतलालाई सुर्ति किन्न भनि पसल हिडेकी दिउँसो करिब साढे ११ बजेदेखि अज्ञात देखिन्छ । आमा धनमायाँ भन्छिन –‘दिउँसो त्यस्तै ११ बजेतिर काम गर्ने मान्छेलाई सुर्ति किन्न भनि पठाएँकी थिएँ तर फर्केर आईन । धेरै बेर नआए पछि कोठा नजिकैका मानिसहरुलाई फोन गरेर पनि सोधे । देखेनौं भने, पसलमा सोध्दा सुर्ति किनेर लगेर गएको भन्ने सुने । उ पक्कै पोईला गई भन्ने ठानेर राती कतै खोज्न गईन ।’

अहिले विहान खोलामा यस्तो अवस्थामा देख्नु प¥यो । उनले छोरीलाई कसैले बलात्कार गरेर हत्या गरेको आशंका गरिन् । त्यस्तै मनिषाकी दिदी सिता बस्यालले बहिनीको बलात्कार पछि हत्यानै भएको तर एक जनाले नभई धेरै जनाले त्यसै गरेको आफुलाई लागेको बताईन । शान्तिपुरको उदय माध्यामिक बिद्यालयमा मनिषा सँगै कक्षा ९ मा पढ्ने र निकै मिल्ने साथी जुना राना भन्छिन् ‘मनिषासंग कुनै केटासंग नजिकको सम्बन्ध थिएन । हामीसँगै हिड्ने दुःख सुख बाँडने गर्दथ्यौं । उ एकदम सोझी केटी हो । उसलाई कसैले बलात्कार गरेर मारेर फालेको हुनु पर्छ ।’

मृतककी आमाका अनुसार मनिषाले त्यस दिन सधै भलिवल खेल्दा लगाउने हाफ पाईन्ट पहेलो टिर्शट लगाएर गएकी थिईन । खोलामा भेटिएको शवमा उनको पेटदेखि तल कुनै कपडा छैन । माथी टिर्शट छातदेखि माथी गलामा पुगेको छ । उत्तानो परेको अबस्थामा रहेको शव क्यामरामा कैद गर्न नमिल्ले रहेको छ । श्रीलंका टोलस्थित शान्ति थापाको पसलमा आएर सुर्ति किनेर गएको थापाले बताईन । हाफ पाईन्ट र माथी पहेलो टिर्शट लगाकी थिई । सुर्ति बोकेर उ त्यही चोकबाट उता खेततिर गएकी हो’–थापाले भनिन् ।

घटनास्थल माथि झोला भेटियो
जनप्रतिनिधी र प्रहरीले घटना स्थल तल माथि दायाँ बायाँ हेर्दै जाँदा शव भेटिएको करिव ३ सय मिटर माथि उत्तर तर्फ खोलाको छेउँमा पछाडी बोक्ने एउटा झोला भेटिएको छ । एकान्त बसेको वारीपारीकाले नदेखिन्ने खाल्डो खेतको गराको कुनामा उक्त झोला भेटिएको हो । झोला माथी ढुङ्गा राखिएको छ । प्रहरीले त्यसलाई बरामद गरेको छ ।

प्रहरीले त्यसलाई खोली सकेको छैन्। घटना स्थलमा पुगेका चन्द्रकोट–६ का पुर्व वडाध्यक्ष गोकर्ण प्रसाद शर्मा भन्छिन् यदि त्यो घटना संग सम्बन्धित झोला रहे छ भने धेरै कुरा त्यसबाट खुल्न सक्छ । उनले यो घटना कसै न कसैबाट करामद नभई घटनै नसक्ने धाराणा राखे । चन्द्रकोट गाउँपालिका अध्यक्ष युवाराज खत्री क्षेत्रीले यो घटना जघन्य प्रकारको अपराधको घटना भएकोले प्रहरीले अनुसान्धानमा तिब्रता दिई छिटो भन्दा छिटो अपराधीलाई पक्ता लगाउनन आग्रह गरेको र त्यस कार्यमा पालिकाले गर्न पर्ने सबै खाले सहयोग गर्ने बताए ।

घटनास्थलमा पुगेका त्यस पालिकाका पुर्व अध्यक्ष हाल जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्रीले घटना निकै शंकास्पद रहेकोले प्रहरीले सुक्षम अनुसन्धान गर्न आफुले पनि जोड गरेको र आफुहरुले पनि सघाउने बताए । घटनास्थल मै रहेका जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले भने ‘अनुसन्धान चलिरहेकोले धेरै कुरा भन्न नमिल्ने तर घटना शंकास्पद रहेको भन्ने प्रतिकृया दिए । प्रहरीको टोली घटनास्थल मै छ ।’

शव पोष्टमार्टमका लागि सदरमुकाम तम्घास लगिएको छ । पोष्टर्माटन पछि धेरै खुल्ने प्रहरीले जनाएको छ । प्रहरीले अघिल्लो दिन धान झाँटने काममा रहेका पुरुष मध्ये दुई जना युवालाई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय शान्तिपुरमा राखेको छ । शव नजिकबाट नियाल्ने एक जना जनप्रतिनिधीका अनुसार मनिषाको घाँडीमा निलो डाम छ ।

भाग्ले ठगेकी धनमायालाई चोटै माथी चोट
धनमाया दलित परिवारकी छोरी हुन । उनको धेरै ठाउँ विवाह भए पनि घर बनेन् । पहिलो श्रीमानको मृत्यु भएको बताईन्छ । अर्को स्थानमा विवाह भए पनि त्यहाँ पनि घर बनेन् । पछि बाग्लुङ्गको नयाँ बजार स्थित हिराबहादुर रुचालसंग विवाह भए पछि मनिषा सहित तीन छोरी जन्माईन । तर श्रीमानले हेला गरे पछि मनिषा सात बर्षकी हुँदा आफु माईती घर डाँडावन आएर बस्न सुरु गरेको उनि बताउँछिन ।

धनमायाकी आमाको पनि केहि वर्ष अघि हत्या भएको थियो । आमाको माया माईतीमा नपाएर गत वर्षदेखि उनी शन्तिपुरमा बस्दै निमेक मजदुरी गर्दै छोरी पढाउँदै आएकी थिईन । साथीहरु भन्छन् मनिषाले धेरै पढेर आमालाई सुख दिने बताउने गर्थिन । उनीहरु नेपाली थरका दलित परिवार हुन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार