ताजा अपडेट »

रुसमा प्यालेस्टिनी समर्थकहरूले इजरायलीलाई आक्रमण गरेपछि...

सोमबार, १३ कार्तिक २०८०, १३ : २४
34 Shares

काठमाडौँ । इजरायलले रुसलाई आफ्ना नागरिक र यहुदीहरूको सुरक्षा गर्न अपिल गरेको छ । इजरायलबाट आएको विमान त्यहाँ अवतरण गरेपछि प्यालेस्टिनी समर्थकहरूको भीडले रुसको दागेस्तानमा रहेको एउटा विमानस्थलमा हंगामा र तोडफोड गरेका थिए ।

सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा प्यालेस्टिनी झण्डा बोकेका मानिसहरु एयरपोर्ट भित्र पसेका छन् र हंगामा मच्चाइरहेको देख्न सकिन्छ। केही व्यक्तिले गाडी पल्टाउन खोजेको देख्न सकिन्छ । केही मानिस धावनमार्गमा पसेको खबर पनि आएको छ । रुसको उड्डयन निकायले स्थिति नियन्त्रणमा रहेको र अधिकारीहरू घटनास्थलमा रहेको बताएको छ । भिडियो क्लिपमा सयौंको भीडले प्यालेस्टिनी झण्डा बोकेर अल्लाह-हु-अकबरको नारा लगाएको देख्न सकिन्छ।

केही व्यक्ति घाइते भएको अधिकारीहरूले बताएका छन् । यसअघि स्थानीय सञ्चारमाध्यमले केही प्रदर्शनकारीले इजरायली नागरिकको खोजीमा विमानस्थलबाट बाहिरिने सवारीसाधन रोकेर कागजपत्र जाँच गरिरहेको जानकारी दिएका थिए। इजरायलको प्रधानमन्त्री कार्यालयले यहुदी र इजरायलीहरू विरुद्ध हिंसा भड्काउनेहरू विरुद्ध रुसले कडा कारबाही गर्नुपर्ने बताएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।