ताजा अपडेट »

इजरायली आक्रमणबाट गाजामा हालसम्म ८,५०० प्यालेस्टिनीको मृत्यु

सोमबार, १३ कार्तिक २०८०, १० : ५७
180 Shares
सोमबार, १३ कार्तिक २०८०
180 Shares

गाजा। इजरायली आक्रमणबाट गाजामा हालसम्म ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन्।

अलजजिराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५ सय प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १ हजार ४ सय बढीको मृत्यु भएको छ।

इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन्। सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको मृत्यु भइसकेको छ।

इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ। अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बताएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।