ताजा अपडेट »

अमेरिकामा सबैभन्दा ठूलो गोली काण्ड मच्याउने रोबर्ट कार्डकाे यस्ताे छ बिगत

शुक्रबार, १० कार्तिक २०८०, ०८ : २४
30 Shares

न्युयोर्क । अमेरिकामा गोलीकाण्डका घटना अझै रोकिएका छैनन् ।अमेरिकाको लेविस्टनमा बुधबार अबेर राति भएको गोलीकाण्डमा २२ जनाको मृत्यु भएको छ भने ५० बढी घाइते भएका थिए । जसमा धेरैको अवस्था निकै गम्भीर रहेको जनाइएको छ, उनीहरू अझै अस्पतालमा उपचाररत रहेका छन, यस्तो अवस्थामा मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ ।

अमेरिकाको सबैभन्दा ठूलो गोली काण्ड मानिएको यस घटनाको मुख्य दोषी रोबर्ट कार्ड रहेको जनाइएको छ । सीएनएनका अनुसार राज्य प्रहरीले आफ्नो बुलेटिनमा ४० वर्षीय रोबर्ट दर्तावाल बन्दुक प्रशिक्षक भएको बताएको छ। उनले मानिसहरूलाई बन्दुक कसरी प्रयोग गर्ने भनेर सिकाउने गर्दथे, जो उनी सेनाबाट अवकाश प्राप्त हुन । 

यसअघि उनी घरेलु हिंसाको मुद्दामा पनि पक्राउ परिसकेका ब्यक्ति भएको पनि खुलेको छ । यति मात्र होइन उनी मानसिक रोगी समेत रहेको र मानसिक अस्पतालमा उपचार गराइरहेकोसमेत प्रहरीले जनाएको छ ।

समाचार अनुसार रोबर्टले अनौठो आवाजमा बोल्दथे । उनले हालै मात्सारै कोमा रहेको नेशनल गार्ड बेसमा गोली हानेर धम्कीसमेत दिएका थिए। 

यसअघि प्रहरीले बुधबार साँझ सेमी अटोमेटिक राइफल बोकेका एक व्यक्तिको दुई तस्बिर फेसबुकमा सार्वजनिक गरेको थियो । तस्बिरहरूले खैरो हुडी र जीन्स लगाएको दाह्री भएको मानिसलाई गोली चलाउने स्थितिमा हतियार समातेको देखाएको छ ।

प्रहरीका अनुसार रोबर्टको दुई पटक सम्बन्धविच्छेद भइसकेको छ । उनी तीन सन्तानका पिता हुन् । उनीसँग घरेलु हिंसा र अन्य अपराधको इतिहास बोकेका ब्यक्तिसमेत हुन । उनी यसअघि पनि पटक पटक पक्राउ परेका थिए । 

सो घटना पछि अमेरिकन प्रहरीले लेविस्टनका स्थानीय बासिन्दालाई घरभित्रै बस्न सल्लाह दिएको छ ।यससँगै प्रहरीले रोबर्ट कार्डको खोजी गरिरहेको छ तर उनी अझै प्रहरीको पहुँचबाट बाहिर रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।