ताजा अपडेट »

गाजामा इजरायली हवाई आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ६,५०० नाघ्यो

विहीबार, ०९ कार्तिक २०८०, ०७ : ०८
48 Shares

गाजा । गाजापट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

यसैबीच, तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले जनाएको छ । अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र सहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तीमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।