ताजा अपडेट »

दशैं सबैका घरमा आयो तर, मलाई नभेटि गएछ !

विहीबार, ०९ कार्तिक २०८०, ०६ : ५१
40 Shares

दशैं सबैका घरमा आयो,
मलाई नभेटि गएछ ।
सायद फुर्सद पाएन होला !
नभए मेरो घरमा पनि परदेशबट लाहुरे आउथ्यो होला
लिगे पिङ उसले पनि बाट्थ्यो होला
बारिमा केराको घरी र अगेनोमा मासु पाक्थ्यो होला ।

रातो माटो सेतो कमेरोले घर पोतेकै हो
हरियो गोबरले आगन पनि लिपेकै हो
सायद परबाट सानो घर नदेखेर होला
दशैं सबैका घरमा आयो,
मलाई नभेटि गएछ ।

हिड्दा पाँउ पाउ लाग्ला भनी खरियानमा हासि लाएकै हो
सायद कोही नहिड्ने गोरेटो नदेखेर त होला
दशैं सबैका घरमा आयो,
मलाई नभेटि गएछ !

थाङ्ग्रा मै पाकेको काक्रोको अचार चापेकै थिए
दशैंलाई भन्दै चामल चिउरा कुटेकै हो
आएछन् भने खान भनी अधियमा खसि पालेकै हो
सायद सुवास आएन र त होला
दशैं सबैका घरमा आयो,
मलाई नभेटि गएछ ।

कतै सबैलाई बाढ्दा नपुगेर पो हो
नभए लाहुरे भरिया लिएर आउथ्यो
आङ् धपक्क बल्ने बस्त्र ल्याउथ्यो
अरु केही नभए पनि
अन्धकार लाग्ने दिनहरुमा उज्यालोको बहार ल्याउथ्यो
दशैं सबैका घरमा आयो,
मलाई नभेटि गएछ ।

मेलापात गरको दुईचार मोहरले नपुगे हो कि
थोत्रो टेपमा घन्किएको मंगल धुन नसुनेर
या त म मेलापात गोठालो गएर आउँदा ढिला भएर हो
कि खरले छाएको झुपडिमा धुवा पुत्ताएको नदेखेर
दशैं सबैका घरमा आयो,
मलाई नभेटि गएछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।