ताजा अपडेट »

फूलैफूलले सजिएको धुर्बज्योति मावि (फोटोफिचर)

शुक्रबार, ०३ कार्तिक २०८०, १६ : ५३
38 Shares

गुल्मि । एउटा यस्तो विद्यालय जुन फुलैफुलको बगैँचाले सजिएको छ । भौतिक पुर्वधारदेखि विद्यालय परिसरको सम्पुर्ण वातवरण कुनै चित्रकारले कल्पना गरेर कोरेको स्वर्गभूमि लाग्ने चित्रको जस्तै झलक देखिन्छ। त्यो विद्यालय हो स्याङ्गजाको कालिगण्डकी गाउँपालिका–६ दब्छेमा रहेको श्रीधुर्बज्योति माध्यामिक विद्यालय।

जुन विद्यालयको वातवरणीय शैन्दयर्ता वर्णन गर्ने शब्द भेट्याउनै मुस्कीले प¥यो । विद्यालयको प्रबेशद्वारदेखि भित्र चारैतिर फुलैफुलको बँगैचाले मुस्कुराउँदै स्वागत गरेको अनुभुत हुन्छ । हो सँधै विहान आउने शिक्षक बिद्यार्थीलाई मुस्कुराउँदै रङ्गिविरङ्गी ती फुलहरुले स्वागत गरेका हुन्छन् भने साँझ फर्किने बेलामा पनि मुस्कुराउँदै विदाई गरेको अनुभुत हुन्छ । जसले गर्दा शिक्षकलाई पढाउने उत्साह र विद्यार्थीको मनोबलमा उर्जा थपिदिन्छ, सिर्जना सिर्जित हुन्छ । घरको थकान मेटाई दिन्छ।

अर्को कुरा बगैँचा सजावटको व्यवहारिक ज्ञानले विद्यार्थीको घरमा समेत बगैचा सजावटको लहर चलेको छ । आज भन्दा पाँच वर्ष अघिदेखि त्यस विद्यालयको सिर्जना हो त्यो । फुल मात्रै सुन्दर भएर त्यो विद्यालयमा त्यति मनमोहक बगैँचा बनेन् पक्कै । त्यहाँका शिक्षकहरुको सिर्जनामा सुन्दरता, विद्यार्थीमा अनुशासन र लगनशिलाको परिणाम हो भन्ने कुरामा कुनै दुई मत नहोला । विद्यालयको वातवरण त्यस्तो बनाउनमा आवश्यक सहयोग गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदबहादुर राना सहितको टिम, कालिगण्डकी गाउँपालिकाका जनप्रतिनिधीहरुलाई त्यो दृश्य नियाल्न पुग्ने जो कोहिले मुक्तकण्ठले तारिफ गर्ने गरेका छन्।

२०३४ सालमा साविक श्रीकृष्णगण्डीकी गाउँपञ्चायत हुँदै स्थापना भएको त्यस विद्यालयमा नर्सरीदेखि अंग्रेजी कक्षा १२ सम्मको पढाई हुन्छ । दलित र जनजाती बाहुल्य त्यस गाउँका २८० जना विद्यार्थी छन् । एक जना कार्यालय सहयोगी र २२ जना शिक्षक छन् । निकै आकर्षक ढंडले सजाईएको विद्यालय भवन, भित्र आधुनिक शैलीका फर्निचर, साईन्स ल्याव, कम्युटर कक्षा, लाईवेरीदेखि शहरका सुविधा सम्पन्न विद्याययमा भन्दा त्यहाँ कुनै कमी छैन्।

वरु वातवरणीयय शैन्दयर्ता विकास गर्न चाहने अरु विद्यालयका लागि त्यो विद्यालय अध्ययन स्थल बन्न पुगेको छ । सिंगो कालिगण्डकी गाउँपालिकालाई नै फुल र केरा खोतीको पकेट क्षेत्र बनाउने अभियान थालिएको त्यस पालिकाका अध्यक्ष खिमबहादुर थापा बताउँछ्न । बगैँचाको अलवा तरकारी खेती समेतको प्रयोगात्मक शिक्षाले विद्यार्थीको घरसम्म प्रभाव परेको त्यस विद्यालयका सुचना अधिकारी तथा फुलबारी ब्यवस्थापन संयोजक शिक्षक मानबहादुर थापाले बताए ।

गत पाँच वर्षदेखि एक विद्यार्थी, एक फुल बगैँचाको नीति अगाडी सारिएको, अहिले करिव ३ रोपनी क्षेत्रफलमा फुल रोपिएको, तिहारमा दुई लाख बढिको फुलबाट आम्दानी हुने र भविष्यमा ठुलो परिमाणममा फुल उत्पादन गर्ने लक्ष्य लिएको प्रधानध्यापक हिराबहादुर गाहको भनाई छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार