ताजा अपडेट »

गुल्मीमा डोजरको ठक्करबाट एक पुरुषको मृत्यु, घटना तोडमोड गरी लुकाउने प्रयास

विहीबार, ०२ कार्तिक २०८०, २० : ४५
46 Shares

गुल्मी । गुल्मीमा डोजरको ठक्करबाट एक पुरुष मृत्यु भएको घटनालाई आर्थिक प्रलोभन देखाएर सामसुम पार्ने प्रयास गरिएको छ ।  बुधबार  गुल्मीको पराल्मी गाउँमा । रेसुङ्गा नगरपालिका-१४  पराल्मीको तारनेटा टापु जोडने सडक मर्मतका क्रममा बुधबार लु १ क २३६४ नम्वरको जेसिभीको ठक्करले स्थानीय ९२ वर्षीय कृष्णबहादुर सुनारको मृत्यु भएको थियो ।

उक्त घटनालाई प्रहरीबाट पुष्टी नगराई वडाध्यक्ष धनबहादुर थापालाई उदृत गर्दै डोजरले चलाईको ढुङ्गाले किचेर सुनारको मृत्यु भएको समाचार बाहिरिएको थियो ।  उक्त समाचारपछि पीडित परिवारले बिहिबार जिल्ला प्रहरी कार्यालयमा आई आक्रोस ब्यक्त गरेपछि वास्तविक घटना बाहिर आएको हो । दशैंको सडक मर्मत सम्भार गर्न चलाईएको डोजरले सुनार परिवारको दशैं खोसियो। घटनालाई तोडमडोड  गरी जेसिभीको नम्बर समेत अर्कै उल्लेख गरी समाचार प्रकाशन गरिएको थियो । उक्त विषयमा  जिल्ला प्रहरी कार्यालयमा दलित अधिकारकर्मीहरुले आक्रोष पोखेका छन् ।

'डोजरले  किचेर मान्छे मारेको छ,  तर मिडीयामा माथिबाट खसेको ढुंगाले  किचेर  भनिएको  छ,  कसले  टिपायो  त्यस्तो  न्युज ?'-स्थानीय समाज  सेवि  गोकर्ण पन्थीले आक्रोश पोख्दै प्रश्न गरे ।   

निर्माण ब्यवसायीको तर्फबाट अन्तिमा डोजर चालकको लापरबाहीबाट सुनारको ज्यान गएको धनिश्वर गौतमले स्वीकार गरे  ।
अघिल्लो दिन डोजरले चलाएको ढुङ्गाले लागेर सुनारको मृत्यु भएको प्रतिक्रिया दिएका वडाध्यक्षले समेत अर्को दिन डोजले हानेरै मृत्यु भएको स्वीकार गरे । मृतकका छोरा शिव सुनारले घटनालाई तोडमडोड गर्ने प्रयास भएकोप्रति दुखेसो  गरे ।

प्रहरीले  डोजर चालक पाल्पाको माथागढी गाउँपालिका-७ रहबासका २९ वर्षीय कृष्णबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । चालकको लापरबाहीबाटै सुनारको ज्यान गएको  घटनास्थलको प्रकृतिले  देखाएको प्रहरीको दाबी छ  ।

उक्त डोजको बिमा नगरिएको पाईएको छ । जेपि एण्ड कन्ट्रक्सन प्रालि मालिका ८ को उक्त जेसिबि धनिश्वर सहितका निर्माण ब्यवसायीहरुले भाडामा लिएर चलाईएको बताईएको छ । छलफलमा मृतककी श्रीमति कृष्णकुमारी सुनारलाई  डोजर  संचालकहरुले ५ लाख २५ हजार क्षतिपुर्ति दिने सहमति भएको छ । तत्काललाई ७५ हजार दिईएको छ भने बाँकी रकम २५ दिन भित्रमा चुक्ता गर्ने सहमति गरिएको छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार