ताजा अपडेट »

भारतमा १८ वर्ष अध्ययनसँगै रोजगारी गरेका पौडेलले खोले ‘लाइब्रेरी क्याफे र स्केट्सपार्क’

सोमबार, २९ असोज २०८०, १४ : १५
60 Shares

बुटवल । भारतमा १८ वर्षसम्म अध्ययनसँगै रोजगारी गरेका बुटवलका कृष्ण पौडेलले अत्याधुनिक ‘द विज्ली हाउस’ (लाइब्रेरी क्याफे) र स्केट्स पार्क संचालनमा ल्याएका छन् । भारतको मदरास युनिभरसिटिबाट वाटर इन्जिनियर गरेको पौडेलले बुटवलको कालिकानगरमा ‘द विज्लीे हाउस र स्केट्स पार्क’ संचालनमा ल्याएका हुन् ।

वि.स. २०५८ सालमा प्रवीणता प्रमाणपत्र उर्तिण गरेसँगै उनी अध्ययनका लागि भारत भएका थिए । उनले भारतमा अध्ययनसँगै वाटर म्यानेजमेण्ट कम्पनीमा काम गरे । २ वर्ष अघि जन्मभूमिमै व्यवसाय गर्ने सोचका साथ नेपाल पर्किएका पौडेलले जकि इन्टरनेशनल खोलेका थिए । जसमा वाटर डिमेण्ड, स्वीमिङ्ग पुल, वाटर पार्क इरिगेशन स्टिम लगायतका काम हुने पौडेल बताउँछन् । ‘कोरोना सकिएसँगै म नेपालमा नै केही गर्ने भनेर नेपाल आएको थिए । खाली किन बस्ने भनेर म आएको केही महिनामै जगि इन्टरनेशनल संचालन गरे ।’– उनले भने ।

२ वर्षसम्म नेपालमा बस्दा नाफामूलक भन्दा पनि सामाजिक सचेतनामूलक व्यवसाय संचालन भन्दा राम्रो हुने लागेर द विज्ली हाउस संचालनमा ल्याएको पौडेल बताउँछन् । जसमा निःशुल्क रुपमा बुक पढ्न पाउनुका साथै किशोर किशोरीहरुले पब्लिक स्पिीकिङ, आफ्नो क्षमता प्रस्तुत गर्न लागि क्यार अ‍ेको रुम (प्रतिभा देखाउने कोठा) लगायतको व्यवस्था रहेको संचालक पौडेलले बताए ।

जसको आइतबार एक कार्यक्रमको आयोजना गरी सुभारम्भ समेत गरिसेका छन् । ‘यो बुटवलमा बिलकुलै नयाँ हो । पक्कै पनि बुटवलमा बुक मात्रै निःशुल्क पढ्न पाइने ठाउँ धेरै छन् । तर यहाँ निःशुल्क बुक पढन पाउनुका साथै किशोर किशोरीहरुले पब्लिक स्पिीकिङ, आफ्नो प्रतिभा देखाउनका लागि क्यार अ‍ेको रुम पनि व्यवस्था छ । वास्वतमा यो टिन र योङ जेनेरेशनलाई पढ्ने वातावरण बनाउनका लागि खोलिएको हो।’–उनले भने।

आफु वाटर इन्जिनिएर भए पनि छोरी धेरै पढ्नुका साथै नयाँ नयाँ क्रियटिभ गर्ने भएकाले छोरीको चाहना अनुरुप द वेस्ले हाउस संचालनमा ल्याएको बताए । ‘म त लामो समयसम्म भारतमा बसेँ । म जाँदा र अहिले आउँदा धेरै परिर्वतन भइरेहकेको रहेछ । छोरीको अध्ययनप्रति रुचिबाट प्रभावित भएँ । छोरीले सो काम गरौँ भन्ने प्रस्ताव गरे यो खोल्ने विचार गरेको हुँ ।’– उनले भने ।

द विज्ली हाउसमा धुमपान तथा मध्यपानका साथै जङ्गफुड्हरुलाई पूर्ण रुपमा निशेष गरिएको बताए । ‘मैले यो धेरै नाफा कमाउन भन्दा पनि बालबालिकाहरु धेरै ग्याजेटहरु हेरेर दिन विताउँन भन्दा नयाँ नयाँ अध्ययन र आफ्नो प्रतिभालाई बढाउँदै जान सकुन भनेर संचालन ल्याएको हुँ। यसकारण धुमपान र मध्यपान पूर्ण रुपमा निशेध गरिएको हो ।’–उनले भने।

विभिन्न प्रकारका चिया, फाउन्डीयु र फाउन्डटेइन चक्लेटका साथै केही सस्तो प्रकारका क्याफेका परिकारहरु मात्रै उपलब्ध हुने संचालक पौडेलले बताए । पौडेलले ३ महिना अघिदेखि स्केट्स पार्क पनि संचालनमा ल्याएका छन् । जगि इन्टरनेशनल, विज्ली हाउस र स्केट पार्क गरी कुल १ करोड बराबरको लगानी रहेको उनले बताए । साथै विज्ली हाउसमा ३ जना र स्केट्स पार्कमा टेरनरसहित ४ जना कामदार रहेका छन् ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।