१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौं। अफगानिस्तानमा एक हप्तामा तेस्रो भूकम्प गएको छ । पश्चिमी अफगानिस्तानमा पुनः भूकम्प गएको हो ।  केही दिनअघि मात्र यस क्षेत्रमा दुईवटा ठूला भूकम्पका गएका थिए । जसबाट एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

Advertisement

अमेरिकी भूगर्भ सर्वेक्षण ( युएसजीएस)ले हेरात सहर नजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । अहिलेसम्म कुनै हताहतको खबर आएको छैन । यसअघिका भूकम्पमा ज्यान गुमाउनेमा ९० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेको राष्ट्रसंघको बाल निकाय युनिसेफले जनाएको छ ।

आफ्नो रिपोर्टमा, युएसजीएसले पछिल्लो भूकम्पको केन्द्रबिन्दु इरानको सीमा नजिक रहेको अफ्गानिस्तानको तेस्रो ठूलो सहर हेरातबाट ३० किलोमिटर उत्तर–पश्चिममा रहेको बताएको छ। हेरातबाट करिब ४० किलोमिटर टाढाको ग्रामीण जिल्ला जिन्दजानमा गत शनिबारको भूकम्प गएको थियो ।  

अफगानिस्तान २०२१ मा तालिबानले कब्जा गरेपछि सरकारलाई प्रत्यक्ष रूपमा दिइने सहायता रोकिएपछि आर्थिक संकटबाट गुज्रिरहेको छ । यो देश यूरेशियन र भारतीय टेक्टोनिक प्लेटहरूको संगम नजिकै अवस्थित भएकोले विशेष गरी हिन्दुकुश पर्वतमालामा प्रायः भूकम्पहरू आइरहेका छन्।

गत वर्षको जुन महिनामा पाक्टिका प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा एक हजारभन्दा बढीको ज्यान गएको थियो भने हजारौं घरबारविहीन भएका थिए ।
 

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शवसहितको गाडि अस्पताल परिसरमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध