१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023


बुटवल । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले दिन प्रतिदिन गिर्दै गएको देशको अर्थतन्त्रलाई चलायमान बनाउन भरोसापूर्ण कदम चाल्नुपर्ने जरुरी रहेको बताउनुभयो । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलले शुक्रवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले देशलाई आर्थिक सबलीकरणमा लैजान लगानी सम्मेलन गर्नुपर्नेमा जोड दिए ।

उहाँले पछिल्लो समय देशमा दक्ष जनशक्तिहरु बाहिरिदै जानु राज्यका लागि गम्भिर कुरा भएको उल्लेख गर्दै स्थानीय तहहरुबाट प्रभावकारी काम हुन नसकेको जिकिर गरे । जनतामैंत्री, विकास र समृद्धितर्फ देश जान नसकेकाले जनतामा निराशा छाउदै गएकोले त्यसतर्फ सत्ता र प्रतिपक्ष दलले महत्वपूर्ण कदम चाल्नुपर्ने समय आएको बताए। उनले कोशी प्रदेशमा देखिएको समस्या काँग्रेसको आन्तिरक घटनाक्रमले बढेकाले कुनै पार्टीको बहुमत नभएकाले उक्त प्रदेशमा राजनितीक किचलो बढ्दै स्पष्ट पारे ।

उनले प्रदेशको समस्यालाई समाधान गर्न जटिल परिस्थितिमा प्रदेश प्रमुखले कानुनी परामर्श र कानुन बमोजिम निकास दिनुपर्ने बताउदै प्रदेशको समस्या मुख्यमन्त्री स्वंयमले समाधान गर्नुपर्नेमा जोड दिए । प्रतिनिधि सभा सदस्य समेत रहनुभएका पाण्डेले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई छिटोभन्दा छिटो सरकारलाई पूर्णता दिन अगाडि बढ्न आग्रह गर्दै प्रदेश सञ्चालन गर्न संघबाट कुनै रोकतोक नभएको स्पष्ट पारे।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट