१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

गुल्मी । अध्ययनका लागि इजरायल पुगेका गुल्मीका ५ विद्यार्थीसहित २५४ जना नेपाली विहिबार राती स्वदेश फर्किएका छन् । टिकापुर स्थित सुदूरपश्चिम विश्वविद्यालय, कृषिविज्ञान सङ्कायको अध्यानका क्रममा इजरायल पुगेका ४९ जना विद्यार्थी मध्ये ५ जना गुल्मीका थिए । उनिहरु सबै बिहिवार राती नेपाल बायुसेवा निगमको बिमानमा रोजगारका लागि पुगेका अन्य नेपालीसहित गरी २५४ जना नेपाल फर्किएका हुन् ।

Advertisement

स्वदेश फिर्ता हुनेमा गुल्मी रेसुङ्गा नगरपालिका-२ की मनिषा खनाल, छत्रकोट गाउँपालिका–१ हुँगाका विशाल भण्डारी, सोही गाउँपालिका वडा नम्बर ६ दौघाकी (हाल रुपन्देही तिलोत्तमा–१६ मधौलीया जुडा) ममता सिंजाली, कालीगण्डकी गाउँपालिका–२ अर्बेनी घर भई हाल रुपन्देही मणिग्रामका राजन न्यौपाने र कालीगण्डकी गाउँपालिका–६ खड्ककोटका मिलन ढकाल स्वदेश फर्किएका हुन् ।

कालिगण्डकी–२ अर्बेनिका बाबुराम न्यौपाने अस्पतालको कामदर भिषामा डेढ महिनाअघि इजरायल उडेका थिए । उनी भने यसपाली फर्किएका छैनन् । आफ्ना छोरोछोरी घर फर्किएपछि परिवारले खुशी व्यक्त गरेका छन् ।

अध्ययनका लागि गएका विद्यार्थी मध्ये १० जनाले इजरायलमा हमास हमलाबाट ज्यान गुमाएका छन् । ६ जना घाइते भएका छन् । घाइते मध्ये टिकापुरका धनबहादुर चौधरी लगायत फर्किएका छ्न । दुई जना उपचार गराई रहेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिएका छ्न ।

प्रतिकृया दिनुहोस्

Flash News

नक्कली भुटानी प्रकरणः टोपबहादुर रायमाझी थुनामा नै रहने विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य