ताजा अपडेट »

युकेमा जीवन शर्माको धमाकेदार प्रस्तुती

विहीबार, २५ असोज २०८०, १७ : ४८
50 Shares

बुटवल । जनवादी गायक जीवन शर्माले युकेमा रहेका नेपालीहरुलाई धमाकेदार सास्कृती कार्यक्रम मार्फत भरपुर मनोरञ्जन दिएका छन् । युकेको स्कटल्याण्ड स्थित गुड क्याम्पनस सभा हर एडिम्वरामा जीवन शर्मा एकल साँझ सास्कृतिक कार्यक्रम मार्फत शर्माले त्यहाँका सयौं नेपालीलाई मनोरञ्जन दिएका हुन् ।

स्कट नेपाल एसोसिएसन, गैर आवासिय नेपाली संघ स्कट्ल्याण्ड, ग्लस्गो नेपाली एसोसिएसन, फाइफ नेपाली समाज ,मालिका नौमती बाजा र प्रवासी नेपाली मन्च को संयुक्त आयोजनामा जनगायक शर्माको सम्मानार्थ त्यहाँका विभिन्न नेपाली संघ सस्थाले युकेमा आमन्त्रण गरेका थिए ।

अन्य सामाजिक सस्थाहरुको पट्याटर लाग्दो भाषण र अतिथी सम्मान भन्दा पृथक बनाउने आयोजकको प्रयास सफल भएको दर्शकको प्रतिक्रिया थियो । जनगायक शर्मा सङ्गै उद्घोषक तारानाथ भण्डारीको प्रस्तुतिले पनि दर्शकलाई आकर्षित गरेको थियो ।

प्रमुख अतिथी शर्माका अलवा आयोजक संस्थाका उपाध्यक्ष कमला श्रेष्ठ , महासचिव राम प्रसाद कण्डेल, गैर आवासिय नेपाली संघ स्कट्ल्याण्ड , गैर आवासिय नेपाली संघ युके उपाध्यक्ष मनिषा खत्री, निवर्तमान उपाध्यक्ष मोहन ,नेपाल स्कट एसोसिएसन का अध्यक्ष विजय डङोल, ग्लस्गो एसोसिएसन का अध्यक्ष गोविन्द देवकोटा नेपाल स्कट क्लव का अध्यक्ष धन के सी, प्रवासी नेपाली मन्च युके सल्लाहकार उद्धव भट्टराइ ,मालिका नौमति बाजा समुह संयोजक तथा समाजसेवी टीकाराम खरेल तथा स्कट्ल्याण्डका व्यवसायी ,समाजसेवीहरु को उपस्थिति रहेको थियो । मालिका नौमती बाजा समुहले उनै जीवन शर्माको यसपाली त यस्तै भो आमा अर्को साल आउने छु दशैंमा बोलको गितले यस पाली दशैंमा घर जान नपाएका नेपालीलाई भावुक समेत पारेको थियो ।

स्कट नेपाल क्लवका अध्यक्ष तथा त्यस कार्यक्रमका संयोजक धन बहादुर केसी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा शेर बहादुर केसिको सञ्चालन रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।