१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

गुल्मी । बुधबार बिहान गुल्मी अमरपुरकी कमला पराजुली युद्धग्रस्थ देश इजराइलबाट सम्पर्कमा आइन् । यसरी परिवार र हाम्रो सम्पर्कमा आउने उनी गुल्मीकी ८ औं व्यक्ति थिइन् । भनिन् ‘इजरायलीहरुमा जस्तो मानवता अन्त कतै छैन । म इजरायलमा सन २००६ देखि आएकी हु । १७ वर्षको अनुभवमा यहाँका मानिसहरु जस्तो मिलनसार र मानवता अन्त कतै छैन भन्ने लाग्छ ।’ उनले अघि भनिन्, ‘यहाँ हामी सुरक्षित छौं, पीर–चिन्ता नगर्न भन्नू होला । बोर्डरसाईडमा मात्रै हो । त्यतातिर नेपाली धेरै छैनन्, जस्तो लाग्छ । राजधानी तेलाअभिभ भन्दा पनि अझ टाढा छौं । यहाँ २० वर्ष अघि पनि यस्तै भीषण युद्ध हुँदा राजधानी नजिकैसम्म आएका हुन रे हमासहरु । अहिले त बोर्डर साईडतिरै हो आक्रमण भएको ।’

Advertisement

उनीसँग नियमित सम्पर्कमा रहेकी मालिका गाउँपालिकाकी रेनु अधिकारी थापा पनि सुरक्षित रहेको जानकारी दिइन् । रेनुसँगै इजरायलमा रहेर सम्पर्कमा आउने गुल्मेलीको सङ्ख्या ११ जना पुगेको छ । रेनुले आफ्नो खबर सुनाउन हामीलाई फोन गर्दा इजरायलमा बुधबार बिहानको ८ बजेर ३९ मिनेट समय भएको थियो । नाम खुल्न बाँकी रिडीकी एक महिला र चन्द्रकोट गाउँपालिका–२ की लक्ष्मी गौतम विगत १५ वर्षदेखि इजरायलमै रहेकी छन् । गौमले नेपालमा विद्यार्थी पठाउन सहजीकरण समेत गरिन् ।
इजराइलमा रहेकी कमला पराजुलीले भनिन् ‘हामीलाई दुःखको बेला साथ दिने यी प्यारा इजरायलिको यो विपदमा छाडेर हामी स्वदेश फर्किन चाहन्नौं । हाम्रा नेपाली भाईहरु इजरायलीसँग हतियार बोकेर लड्न तयार छौं भन्ने सुनेकी छु ।’ त्यहाँका नागरिक मात्रै होईन सरकार र सुरक्षा निकाय पनि विदेशी नागरिकप्रति निकै ख्याल राख्ने गरेको उनले सुनाइन् ।

त्यहाँका नागरिक १६ वर्ष पुगेपछि अनिवार्य शैन्य तालिम गर्छन । ‘फौजी ड्रेसमा एउटा हातमा हतियार र अर्को हातमा बाईबाई सहित ती इजरायलका भाइ बहिनीहरुको त्यो मुस्कान अहिले झलझली आँखामा घुमेको छ र उनीहरुलाई काँडाले नकोतरोस भन्ने मनोकामना जागृत भएको छ ।’–पराजुलीले भनिन् ।

पराजुलीका अनुसार त्यहाँका बालकदेखि बृद्धसम्म निडरताका साथ लडाइँको मैदानमा छन् । यहाँसम्म कि ससाना बालबच्चका आमासमेत एउटा हातमा हतियार अर्को हातमा बच्चा लिएर लडाईको मैदानमा छन् । स्वदेशमा दुश्मन लागेपछि विश्वभर छरिएका ईजरायलीहरु समेत धमाधम घर फर्किएर लडाईमा जोडिएका छन् । विश्वको सबै भन्दा अग्लो भूमि सगरमाथाको देश नेपाल र नेपाली अनि विश्वको सबै भन्दा तलको भूमि (रेड सि लाल सागर) इजरायल र इजराईली बीचको सम्बन्ध यसरी निकट छ । हामी कामना गरौं त्यहाँ नागरिकले विजयको झण्डा फहराउन छिट्टै पाउने छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर