१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । रुपन्देहीको बेलहिया नाकामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ । विजया दशमी, शुभ दीपावली र छठ पर्वलाई लक्षित गरेर नागरिक/यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

Advertisement

पर्यटकसहित नेपालीलाई हुने अनावश्यक हैरानी/झण्झट तथा लुटिनुपर्ने बाध्यात्मक परिस्थितिबाट मुक्त गर्ने उद्देश्यले सहायकता कक्ष स्थापना गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायतको पहलमा सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षमा चालक र सह-चालकको दैनिक रुपमा र यात्रु, पर्यटक सर्वसाधारणको आवश्यकताका आधारमा स्वास्थ्य परीक्षण गरिनेछ । चालक र सह-चालकको आँखाको भिजन, ज्वरो, रक्तचाप, मापसे र लापसे (लापरवाही गरे-नगरेको) परीक्षण हुनेछ । आश्यकताका आधारमा औषधि, माक्स, स्यानिटाइजर उपलब्ध गराइनेछ । बिरामी भेटिए अस्पताल पठाइनेछ । यससँगै ट्राफिक नियमबारे सचेत बनाइनेछ भने विभिन्न गन्तव्यसम्मको भाडादरबारे जानकारी गराइने उनले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले चाडपर्वको बेला बाह्य र आन्तरिक यात्रुको आवागमन सुरक्षित गर्ने/गराउने, सीमा क्षेत्र र आन्तरिक यात्रामा हुन सक्ने अवाञ्चित गतिविधिको नियन्त्रण गर्ने/गराउने, यात्रुहरुलाई गन्तव्यमा सुरक्षित रुपमा पुर्याउने जिम्मा लिएका चालक र सह-चालकको पेशाप्रतिको सम्मानको भावना जागृत गर्ने/गराउने, नागरिकको सुरक्षित यात्रा सुरक्षित गर्न जिल्ला सुरक्षा समिति, सुरक्षा निकाय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी समिति र सरोकारवालाहरुको जिम्मेवारी बोध गर्ने/गराउने नागरिक/यात्रु सहायता कक्ष स्थापना कार्यक्रमको उद्देश्य रहेको बताए ।

त्यस्तै चाडपर्वको सुरक्षार्थ लिइएका नीति, रणनीति, अरु बेला पनि कार्यान्यवन गर्ने/गराउने, रुपन्देहीको एकीकृत सहायता कक्षको नाम, काम र साखलाई अरु जिल्लामा पनि अनुकरण र अनुसरण गर्न लालायित बनाउने र सरोकारवालाहरुको समन्वय मजबुत बनाउने पनि कार्यक्रमको उद्देश्य रहेको अर्यालले बताए ।

बिहीबार यात्रु सहायता कक्ष स्थापना गर्दा चालकहरुलाई माला लगाइदिएर उद्घाटन गरियो । उनीहरुलाई सवारी चलाउँदा सावधानी अपनाउन र यात्रुलाई सम्मानपूर्वक व्यवहार गर्न समेत भनियो । सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खान, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर विक लगायतले चालकलाई माला लगाइदिएर यात्रु सहायता कक्षको उद्घाटन गरेका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिरसिंह बिष्टले यात्रु सहायता कक्षले चालकलाई पनि होसियारी अपनाउन सजग गराउने बताए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले सहायता कक्षमा वडा नम्बर १ को कार्यालयबाट २ जना स्वास्थ्य स्वयंसेविका खटाइएको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन