१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । नेपाल टेलिकमले आजदेखि लागु हुनेगरी अटम अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाएको जनाएको छ ।

Advertisement

यस्ता छन् अफर

-अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत रु। १३ मा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने (अनलिमिटेड डे टाइम भ्वाइस) प्याकेज उपलब्ध हुनेछ । त्यसैगरी सोही अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत रु। १३ मै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने गरी (अनलिमिटेड नाइट टाइम भ्वाइस) प्याकेज पनि उपलब्ध हुनेछ ।

-अल नेट भ्वाइस प्याक अन्तर्गत रु। १८ मा १ दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

-यसैगरी अल टाइम डाटा प्याक अन्तर्गत रु। ९५ मा ७ दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २।५ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी आकर्षक सुविधा सहितको फोरजी अल टाइम डाटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुनेछ ।

-प्रिपेडमा पनि सजिलो अनलिमिटेड ६३६ प्याकेज : कम्पनीले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड ६३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराउने भएको छ । यस अनुसार रु। ६३६ मा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वाइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र ९ जीबी डाटासहितको प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज २८ दिनसम्म चलाउन सकिने छ ।

-नेपाल टेलिकम एप डाउनलोड गर्दा १ जीबी बोनस डाटा: कम्पनीका सेवाग्राहीले ‘नेपाल टेलिकम’ एप डाउनलोड गरेर चलाउदा १ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । सो डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने छ ।

अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1# डायल गर्नुपर्ने टेलिकमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्न आदेश नक्कली भुटानी प्रकरणः टोपबहादुर रायमाझी थुनामा नै रहने विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू