१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

गुल्मी । गुल्मी तम्घास धागिथुमकी माया खनाललाई हमास (इजरायल युद्ध सुरु भएयता दिनमा भोक, रातमा निद्रा छैन । छोरी मनिषा खनालसँगै इजरायल पढ्न गएका ४९ जना विद्यार्थी मध्ये १० जनाको मृत्यु भयो । एक जना अझै बेपत्ता छ्न् । घाइते ६ जना छ्न् । ३२ जना सकुशल मध्येकी एक हुन माया खनालकी छोरी मनिषा खनाल ।

Advertisement

गत शनिबार बिहान हमास (इजरायल युद्ध सुरु भएयता छिनछिनमा टोलाउनु, छोरीप्रति विलौना पोख्नु र बर्बरी आँसु खसाउनु दिनचर्या नै बनेको छ उनको । उपचार गराई रहेका मध्ये बोस कस्टडी र पुलिस कष्टडिमा २ जना र हस्पिटालिटिमा चार जना रहेको बताईन्छ १० जनाको ज्यान लिनेगरी आक्रमणमा परेको होस्टलमा १७ जना बस्दथे ।

आमा अध्यान सकेपछि काम पाए उतै बस्छु होला छोरीले भन्ने गरेको सुनाउछिन् माया खनाल । रेसुङ्गा नगरपालिका २ को धागिथुम टोलको मध्येम वर्गाीय परिवारमा पिता कमल प्रसाद खनाल र आमा माया खनालका कोखबाट जन्मिएका छोरा एक महेश र एक छोरी हुन मनिषा । बाबू बिरामी । दुई सन्तानलाई उच्च शिक्षा हासिल गराउन आमा माया खनालको निकै संघर्ष छ । छिमेक कै रेसुङ्गा माबिबाट ए ग्रेड ल्याएर एसएलसी पास गरेकी मनिषा तम्घासकै अर्जुन आवसीय माविबाट साईन्स विषयमा प्लसटु पास गरि टिकापुर स्थित सुदूरपश्चिम विश्वविद्यालय, कृषिविज्ञान सङ्कायको अध्यान गर्न पुगेकी थिईन र त्यो सकेर इजरायल सरकारको सिक्दै र कमाउदै कार्यक्रम अन्तर्गत इजरायलमा अध्ययनका लागि पुगेको माया खनाल बताउछिन ।

अहिलेसम्म त्यसै लहडमा कृषि अध्यानका लागि ईजरायल पुगेका ५ जन गुल्मेली रहेका छ्न भने अन्य कामदारको भिषामा पुग्ने २ जनासहित ७ जना गुल्मेली परिवारको सम्पर्कमा आई आफूहरु सुरक्षित स्थानमा रहेको जानकारी दिएको उनीहरुका परिवारले बताएका छ्न । धागिथुमकी मनिषा , छत्रकोट गाउँपालिका–१ हुगाका बाबू मिनप्रसाद भण्डारी र साबित्रा भण्डारीका छोरा विशाल भण्डारी, सोही पालिका–६ दौघाका दिपक सिन्जाली र निर्मला सिंजालीकी छोरी ममता सिंजाली , उनको परिवार हाल रुपन्देहीको तिलोत्तमा–१६ मधौलिया जुडा भन्ने स्थानमा बसोबास गर्छ्न ।

त्यस्तै कालिगण्डकी गाउँपालिका–२ अर्बेनी घर भइ हाल रुपन्देहीको मणिग्राम बस्ने थानिश्वर न्यौपानेका छोरा राजन न्यौपाने र सोही पालिका–६ खड्ककोटका टिकाराम ढकालका छोरा मिलन ढकाल कृषि अध्यानका लगि भदौ २६ मा सोही टोलीसँग इजराईल उडेका थिए । त्यस्तै कालिगण्डकी–२ अर्बेनिका हिमप्रसाद न्यौपानेका छोरा बाबुराम न्यौपाने अस्पतालको कामदार भिषामा डेढ महिना अघि मात्र इजरायल उडेका थिए । ती दुई न्यौपाने बीच सम्पर्क भैरहने र आफूहरु सुरक्षित स्थानमा रहेको परिवारलाई बताएका छ्न । त्यस्तै मालिका गाउँपालिका–६ अर्जैबेसिका भिमलाल गौतमकी छोरी पबित्रा गौतम पनि कामदार भिषामा एक वर्ष अघि ईजराईलमा गएको र उनी पनि सुरक्षित रहेको बताईन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप ‘उमेर भिन्नता’को कारण थाइल्यान्डमा बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या ! तिलोत्तमाको औद्यागिक व्यापार मेलामा ९ करोडको कारोबार, ५ दिन म्याद थप