१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौं । नेपालको एकमत्र सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले दशैं तिहारको उपलक्ष्यमा एफटीटीएच प्रविधिमा आधारित सेवामा प्रोमोसनल अफरु ल्याएको छ ।

Advertisement

बिहीवारदेखि सुरु हुने यो अफर अन्तर्गत एनटी फाइबर सेवाको प्याकेजमा कम्पनीले हाल उपलब्ध गराउँदै आएको स्पीडमा २५० प्रतिशतले ब्यान्डविथ बढाईदिने भएको छ । यस अन्तर्गत एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिने टेलिकमले जनाएको हो ।

हाल यस अफरमा १० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका सेवाग्राहीले सोही मूल्यमै २५ एमबीपीएस गति पाउनेछन् । त्यस्तै २० वा ३० एमबीपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमबीपीएसको सेवा प्रयोग गर्न पाउनेछन् ।

येस्तैगरी ४० एमबीपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकले सोही मूल्यमा १०० एमबीपीएसको सेवा पाउनेछन् । टेलिकमका अनुसार हाल ८० एमबीपीएस सेवा लिइरहेका सेवाग्राहीलाई पनि पुरानै दरमा १५० एमबीपीएस गतिको सेवा उपलब्ध हुनेछ । हाल उपलब्ध हुँदै आएको फेयर युजेज पोलिसी लिमिटलाई समेत बढोत्तरी गरिएको टेलिकमले जनाएको छ । हाल ३० एमबीपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिँदा दैनिक ३०० एमबी डेटा सेवाको सुविधा पनि उपलब्ध हुनेछ ।

यो सेवा उपयोग गर्नका लागि एनटी फाइबर सेवा लिँदा उपलब्ध गराइएको टेलिकमको मोबाइल नम्बरबाट *१४१६# डायल गर्नुपर्ने टेलिकमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा