ताजा अपडेट »

एमाले तिनाउ गाउँ कमिटीद्वारा नयाँ सदस्यहरु बीच परिचय र प्रशिक्षण कार्यक्रम

मंगलबार, २३ असोज २०८०, १६ : ३२
46 Shares

तिनाउ । नेकपा एमाले तिनाउ गाउँ कमिटी,पाल्पाले आफ्ना नयाँ सदस्यहरुका बीच परिचय र प्रशिक्षण कार्यक्रम मंगलवार दाेभानमा सम्पन्न गरेकाे छ । कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटीका सदस्य एवम् स्कुल विभागका सदस्य दलबहादुर गुरुङले पार्टीकाे नीति   विचार, सिद्धान्त तथा कार्यक्रमका साथै २०७९ मा विभिन्न पार्टीले स्थानीय निर्वाचनमा प्राप्त  तथ्यांककाे विश्लेषण समेत प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा तिनाउ गाउँपालिकाका संस्थापक अध्यक्ष ओमबहादुर घर्तिमगरले नेपालभित्र रहेका सबै पार्टीका नीति,विचार,सिद्धान्त  र एमालेका बीचमा रहेका भिन्नताका बारेमा नयाँ सदस्यहरुलाई प्रष्ट पारेका थिए । नेकपा एमालेप्रति जनताकाे विश्वास बढिरहेकाे बताउँदै कार्यकर्तामुखी एमाले नै पार्टी विशेषता रहेकाे उनले उल्लेख गरे । उक्त कार्यक्रममा नेकपा एमाले,पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले नयाँ सदस्यहरुका जिम्मेवारी र भूमिकाका बारेमा जानकारी गराउँदै नेकपा एमाले तिनाउ गाउँ कमिटीले राखेकाे कार्यक्रमप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

उनले प्रमुख अतिथिका रुपमा नयाँ सदस्यहरुलाई  पार्टी सदस्यता प्रमाणपत्र वितरण गरेका थिए । गाउँ कमिटीकी उपाध्यक्ष सावित्रा रानाकाे स्वागत,ऐमानसिह चिदीकाे सञ्चालन र पार्टी गाउँ कमिटीका अध्यक्ष राेमबहादुर लम्तरीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।