ताजा अपडेट »

सरकारले भन्याे : इजरायल भ्रमण नगर्नू

मंगलबार, २३ असोज २०८०, १२ : ४९
66 Shares
मंगलबार, २३ असोज २०८०
66 Shares

काठमाडौं । सरकारले व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न आग्रह गरेकाे छ ।

सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक कुनै भ्रमण नगर्न सुझाव दिएका हुन् ।

‘अवस्था संवेदनशील छ। त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न अनुरोध छ, यो अवस्थालाई राजनीतिकरण नगरौँ।’ ’ उनले भने ।

शवहरु, बंकरबाट सुरक्षित स्थानमा सारिएका र नेपाल आउन इच्छुक अन्य नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउने तयारी भइरहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।