१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

काबुल । पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प गएपछि २,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । तालिबान सरकार अनुसार गहिरो आर्थिक संकटको समयमा राष्ट्र अर्को थप समस्या भूकम्पबाट गुज्रिनु परेको छ ।

Advertisement

अफगानिस्तानको तेस्रो ठूलो पश्चिमी हेरात प्रान्तको हेरात सहरबाट २५ माइल अर्थात ४० किलोमिटर पश्चिममा शनिबार ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा अहिलेसम्म २ हजार बढीको मृत्यु भएको तालिबान सरकारले तथ्यांक सार्बजनिक गरेको छ । 

तालिवानका प्रवक्ता जबिहुल्लाह मोजाहिदले मृत्यु हुनेको संख्या २,०५३ जना पुगेको छ भने १,२४० जना घाइते भएको छन । उसका अनुसार अहिलेसम्म १,३२० घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको जानकारीमा आएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आशंका छ ।

‘उद्धार टोली हेरात प्रान्तमा आइपुगेको छ । र खाना, पानी, औषधि र कपडाहरू पनि घटनास्थलमा पठाइएको छ,’ मोजाहिदले थपे।

प्रारम्भिक भूकम्पको धक्का छिमेकी प्रान्त बद्घिस र फराहमा पनि महशुस गरिएको थियो र त्यसपछि धेरै पराकम्पन गएको थियो ।

संयुक्त राष्ट्रसंघको अघिल्लो मूल्याङ्कनले झन्डै १०० जनाको मृत्यु र ५०० घाइतेको सङ्ख्या कम भएको सङ्केत गरेको थियो। करिब ५०० घर ध्वस्त भएको र १ सय ३५ भवनमा क्षति पुगेको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले यसअघि जनाएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर