१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेले इजरायली प्रधानमन्त्रीसँग समन्वय गरेर नेपालीको उद्धार गर्नुपर्ने बताएको छ । इजरायलमाथि हमासले आक्रमण गरेसँगै बढेको असुरक्षाका कारण एमालेले तत्काल इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग समन्वय गरेर नेपाली नागरिकको उद्धार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका हुन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेकत पदम गिरीले नेपालीलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री प्रचण्डले  त्यहाँका समकक्षी नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताए ।

आक्रमणबाट घाइते भएका नेपालीको उपचार गर्ने कार्य ढिलाइ नगर्न भन्दै उनले भने, ‘हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरू पनि त्यो घटनामा परेको र केही गम्भीर घाइते भएको, केही अहिलेसम्म हराइरहेको र केही अत्यन्तै कष्टपूर्ण स्थितिमा घर भित्र लुकेर बस्नु परेको काम गर्ने कारखाना, नर्सिङ होमलगायतका ठाउँहरुमा लुकेर बस्नुपरेको र छिटो भन्दा छिटो आफ्नो जीवन उद्धार गर्नका लागि अपील गरेका विभिन्न कुराहरु बाहिर आएका छन । एक मिनेट पनि उहाँहरूको जीवन रक्षाका निम्ति हामीले ढिलाई गर्न सक्ने अवस्था छैन । देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग फोन गर्नुपर्‍यो । हाम्रा नागरिकहरुको छिटो भन्दा छिटो जीवन रक्षा हुनु पर्‍यो । उनीहरुलाई उद्धार गर्नुपर्‍यो ।’
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन