ताजा अपडेट »

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्ने सरकारको प्रतिबद्धता

आइतबार, २१ असोज २०८०, १३ : ५०
84 Shares

काठमाडौं । नेपाल सरकारले इजरायलमा रहेका नेपालीहरुको अवस्थाको अहिचान गर्नदेखि उद्धारसम्म गर्न सम्बन्धित् निकालयलाई निर्देशन दिएको जनाएको छ । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासबाट भइरहेको आक्रमणले सृजित अवस्थाले नेपालीको अवस्थाबारे जानकारी गराए । उनले इजरायलस्थित नेपाली दूतावासलाई नेपालीको अवस्था पहिचान गरेर उद्धारसमेत गर्न निर्देशन दिएको बताए । 

इजरायल सरकारले घोषणा गरेको सुरक्षाको मापदण्डबारे त्यहाँ रहेका नेपालीलाई जानकारी गराउन, नेपालीको पहिचान गर्न, आवश्यक परेको अवस्थामा उद्धार गर्न राजदूतलाई निर्देशन दिइएको उनले बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।